khuविजयपुर/खुकुरी प्रहार गरि ज्यानमार्न खोज्ने १५ जना अभियुक्तको खोजी कार्य धरान प्रहरीले तिब्र पारेको छ।खुकुरी प्रहार गरि ज्यान मार्न खोज्ने तथा ज्यानमार्ने कार्यमा सम्लग्न हुने १५ जनालाई पक्राउ गर्न बिषेश टोलिने परिचालन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन् ।

उनीहरुलाई प्रहरीले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेर खोजी गरिरहेको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार ज्यान मार्ने मुद्दामा फरार रहेका अभियुक्तहरुको सूचीमा धरान –१५ का मात्र ८ जना छन् । धरान –१६ का दुई तथा १३,१८,९ र १९ का एक÷एकजना अभियुक्त फरार रहेका छन् । फरार अभियुक्त पक्राउ गर्न ‘एम्बुस टोली’ परिचालन गरिएको धरानका डीएसपी खतिवडाले जनाए । ‘उनीहरुबाट थप असुरक्षा नबढोस् भनेर पक्राउ गर्न टोली परिचालन गरिएको हो ।’

उनले भने । उनले फरार अभियुक्तहरुको नाम भन्न नचाहेपनि प्रहरी श्रोतले केहि फरार अभियुक्तहरुको नाम ब्लाष्ट खबरलाई उपलब्ध गराएको छ । ब्लाष्टलाई प्राप्त सूचीमा पाण्डा भनिने प्रकाश सुनुवार, मण्डी भनिने सन्देश राई, धर्मे भनिने धर्म लिम्बू, काले मिलन भनिने मिलन तामाङ, बिर्खे भनिने बिर्खबहादुर विक र दोर्जे तामाङसहित १५ जना छन् । फरार अभियुक्तहरुले खुकुरी र छुरा प्रहार गरी अपराध गरेको मुद्दा दर्ता भएको छ ।