धनकुटा /  धनकुटाको छिन्ताङ गाविसमा पर्ने भन्ज्याङमा शुक्रवार साँझ महेन्द्र पिकअप दुघर्टना हुँदा २ जनाको घट्नास्थल मै ज्यान गएको छ । महेन्द्र पिकअफमा यात्रा गरिरहेका ५ जना यात्रु सडक दुर्घटनामा परि घाईते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा भोजपुर होम्ताङका प्रितिमान राई र धरान उप–महानगरपालिका वडा नं. १ सिखरटोलका सुशिला श्रेष्ठ रहेका छन् । प्रितिमान राई सगरमाथा उच्च माध्यमिक विद्यालय घोरेटार भोजपुरका शिक्षक हुन् । धनकुटाको मुलघाटबाट छिन्ताङ तर्फ गएको को १ ज २६२२ नम्बरको पिकअप शुक्रवार साझँ ६ बजे दुघर्टनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले ब्लाष्टलाई वताएका छन् । गाडी सडकबाट ५० मिटर तल खोल्सीमा खसेको प्रमुख खड्काले वताएका छन् । घाईतेहरुलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको छ । घट्ना पछि घाईतेरुको स्थानीयबासी र प्रहरीले उद्धार गरेको थियो । ट्राफिक प्रमुख खड्काका अनुसार मृतक दुवै जनाको लास पाष्टमार्टमको लागी सनिवार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र चालक विक्रम राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा नियन्त्रणमा लिइएको वताएका छन् ।