Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • जोगबनी धरान व्यापारिक मार्ग– दुहबी इटहरीमा समस्या

जोगबनी धरान व्यापारिक मार्ग– दुहबी इटहरीमा समस्या

  • कार्तिक १३, २०७३
  • ब्लाष्ट खबर

itariइटहरी/भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी जोगबनी नाकादेखि धरानसम्मको ५० किलोमिटर व्यापारिक मार्ग छ लेनको विस्तार गर्ने योजना रहे पनि सो सम्भावना न्यून हुँदै गएको छ । जोगबनी विराटनगर पहडगाछलगायतका क्षेत्रमा छ लेनको सडक हुने आयोजनाले भन्दै आए पनि सो मार्गमा पर्ने दुहबी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेका भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो ।

सडक विस्तार हुँदा दुहबीमा पक्की र कच्ची गरी १७७ घर र इटहरीको मूलचोकबाट दक्षिण तर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलठूला पक्की घर रहेका छन् । मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी विराटनगर हुँदै धरानसम्म छ लेन सडक विस्तार गर्ने भनिए पनि त्यो यथार्थमा चार लेनमा नै सीमित हुने भनाइ आयोजनाका कर्मचारीको छ । सडकमा दायाँबायाँ तीन–तीन लेन हुने र मध्यभागमा दुईतिर सडक विभाजित गर्ने कङ्क्रिटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदलयात्राका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ । निर्धारण गरिएअनुसार छ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मि विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५÷१५ मि मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक छ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का नरहेको स्थानीयबासिन्दाको दाबी छ ।

“दुहबी बजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरु दुई बिगाहा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनुपर्छ”– सडक आयोजना प्रमुख दीपक भट्टराईले ले भने  “जग्गा उपलब्ध गराई दिन भनी सडक विभागलाई पत्रचार गरिसकिएको छ ।” उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेका र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घर जग्गाभन्दा पनि घर भत्काउँदा ठूलो क्षति हुने हुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहबी बजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घर जग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराईको छ ।

सडक विस्तारका लागि चालु आर्थिक वर्षमा दुहबीको उत्तरदेखि इटहरीको मूलचोकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहबीदेखि इटहरी र विराटनगर बजार क्षेत्रको सडक निर्माणका लागि यसवर्ष रु दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक रु दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागेको सडकमध्ये २०६९÷७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । “अघिल्लो वर्षसम्ममा ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र अरु चारवटाको २० प्रतिशत काम सकिएको छ”–प्रमुख भट्टराईले भने ।

जोगबनी विराटनगरदेखि धरानसम्म रु १० अर्ब ९८ करोडको लागतमा सात वर्षभित्रमा व्यापारिक सडक विस्तार गर्ने लक्ष्य राखिए पनि त्यो अवधिमा इटहरीसम्म मात्र सडक पूरा हुने वर्तमान अवस्थाले देखाएको छ । “२०७६ असार मसान्तसम्म विराटनगरको रानीदेखि इटहरीसम्म सडक विस्तार हुनेछ”–आयोजना प्रमुख भट्टराईले भन्नुभयो, “अब इटहरीदेखि धरानसम्म अर्को वर्षदेखि गृहकार्य अघि बढ्ने छ ।” आव २०६९÷७० देखि सुरु भएर २०७५÷७६ सम्ममा यो सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएपनि जग्गा अभावका कारण विगतको सर्भे डिजाइनमा केही परिवर्तन गर्नु परेकाले यसको निर्माणमा ढिलाइ हुन गएको हो । रासस

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क