तरहरा /सुनसरीको इटहरी स्थित तरहरामा केहि महिना अगाडी सञ्चालनमा आएको तरहरा लाईभ कियर एण्ड डाईगोनेष्टिक सेन्टरले ग्रामिण भेगका दुई सय २५ जनालाई निशुल्क उपचार सहित बिरामीलाई निशुल्क औषधी वितरण गरेको छ ।
आर्थिक अभावकै कारण अस्पताल सम्म जान नसकेका र अािर्थक अभाब भएकाहरुको स्वास्थ्य जाँच सँगै निशुल्क औषधी वितरण गरेको सेन्टरका सञ्चालक भक्तबहादुर पुरीले जनाए । पुरीले भने तरहरा आसपासका २ सय २५ जनालाई स्वास्थ्य परिक्षण र निशुल्क औषधी वितरण गरेको छौ्र आगमी दिनमा पनि हामी सामाजिक काममा लागीरहने छौ ।
स्वास्थ्य परीक्षणको क्रममा मुटु रोगी ७५ जना, हाडजोर्नी ८० जना, फिजिसियन ७० जना र बच्चाको २५ जना विरामीहरुको निशुल्क रुपमा औषधी समेत दिएको थियो । तरहरा स्थीत हाँसपोसा सामुदायिक वनको सभाहलमा भएको स्वास्थ्य परीक्षणमा मुटुरोग विशेषज्ञ डाक्टर जेके श्रेष्ठ,हाडजोर्नीका वरिष्ठ डाक्टर संजिव अधिकारी,फिजिसियन श्रीप्रसाद खनाल र बच्चा विशेषक्ष र सोनोलोजिष्ट अशोक कुमार यादवले स्वास्थ्य परीक्षण गरेको सेन्टरका सञ्चालक पुरीले जनाए ।