धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टका सञ्चालक र प्रतिष्ठानबीचको विवाद अदालतसम्म पुगेको छ ।रिसोर्ट सञ्चालक काठमाडौँ हाउजिङ एन्ड लिजिङ निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्ट प्रालिका अध्यक्ष शशिराम भण्डारीले चढाएको निषेधाज्ञा आदेश माग गरिएको निवेदनमा पैmसला सुनाउँदै सुनसरी जिल्ला अदालतले बिहीबार प्रतिष्ठानको नाममा ‘स्टे अर्डर’ जारी गरेको छ ।
प्रतिष्ठानलाई १५ दिनभित्र जवाफ पठाउन अदालतले आदेश जारी गरेको छ । काठमाडौँ हाउजिङ र प्रतिष्ठानबीच ५० वर्षे सम्झौता भएको थियो ।तर प्रतिष्ठान सञ्चालक समितिले बीचमै एकलौटी रुपमा करार भङ्ग गरेको भन्दै रिसोर्ट सञ्चालकले अदालतमा निवेदन दिएका थिए । अदालतले प्रतिष्ठानको नाममा तत्कालै स्टे अर्डर जारी गरेको हो ।
‘सम्झौता बीचमै भङ्ग गरेकाले बाध्य भएर अदालत जानु प¥यो’, अध्यक्ष भण्डारीले भने, ‘अदालतले बिहीबारै प्रतिष्ठानलाई स्टे अर्डर जारी गरेको छ ।’प्रतिष्ठान र हाउजिङबीच २०५८ साल साउन २५ गते ५० वर्षका लागि सम्झौता भएको थियो । ‘तर प्रतिष्ठानले बीचमै किन सम्झौता तोड्न चाह्यो त ?’ भन्ने जिज्ञासामा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भन्छन्, ‘सम्झौता हामीले तोडेको हैन । हाउजिङले नै काम गर्न नसक्ने भन्दै पाँच महिनाअघि निवेदन दिएको थियो ।
श्रीमान्–श्रीमती नै आएर छाड्छौँ भन्दै लिखित निवेदन दिएपछि बीपीले के बुभ्mने ?’उनका अनुसार उनीहरुले ठाउँ छाड्ने भनेपछि प्रतिष्ठानले ‘सम्झौताअनुसारका सामान बुझाउन’ भनेको हो । ‘फेरि बीचमा स्थानीय पार्टनर भेट्नुभयो कि क्या हो, छाड्छु भनेर निवेदन दिएको भए पनि मै चलाउँछु भन्दै आउनुभयो । छाड्छु÷चलाउँछु भन्दै केटाकेटी खेलेजस्तो हुन्छ ?’, राजिष्ट्रार श्रेष्ठले भने, ‘म छाड्छु भनेपछि बीपीले के बुभ्mछ ? जबर्जस्ती हामीले छोडाएको होइन ।’ अदालतको ‘स्टे अर्डर’ आएपछि जवाफ दिने उनले बताए । भण्डारीले भने त्यहाँ गाई पालेको विषयलाई लिएर प्रतिष्ठानले करारनामा भङ्ग गराउने नियत राखेको आरोप लगाए । रजिष्ट्रार श्रेष्ठले भने सम्झौतामा गाई पाल्ने विषय कतै पनि उल्लेख नभएको र आपूmहरुले यो विषयमा कुनै कुरै नउठाएको दावी गरे ।