juwaभद्रपुर / झापामा कार्यरत सरकारी कार्यालयका एक अधिकृत कर्मचारी सहित पाँच जनालाई तास खेलीरहेको अवस्थामा नगद सहित प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा गएको प्रहरी टोलीले चारआलीको ग्रिन भ्यु होटलवाट गएराती पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर २९ बस्ने तथा हाल जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख जिल्ला इन्जिनीयर शुसिल श्रेष्ठ रहेका छन् । श्रेष्ठसगै दुवागढी ४ का मिठु पोद्दार, ३ का अशोक आले,४ का रमेश अधिकारी र मेनपा १० बस्ने लाल बहादुर भन्ने जिवन ठाकुर रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जुवा खालवाट ९३ हजार नगद र २४ सय भारतिय रुपैया ,सात वुकं तास प्रहरीले बरामद गरेको थियो । उनिहरुलाई विहवार जिल्ला प्रशासन कार्यालयले जनही ३ हजार नगद जरीवाना गरी छाडिएको जिल्ला प्रशासन कार्यालयका मुद्धा शाखाका नायव सुव्वा भोजराज रेग्मीले जानकारी दिए ।