विजयपुर / धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाता भित्र नियम बिपरीत सञ्चालन भइरहेको लाईफ केयर मेडिकललाई कार्तिक २८ गते भित्र प्रशासन लगाएर भए पनि प्रतिष्ठानले हाटाउने भएको छ ।
लाईफ केयरले प्रतिष्ठानको नियम बिपरीत फार्मेसी सञ्चालन गरि प्रतिष्ठानलाई नै चुनौती दिएको बिषयमा ब्लाष्ट खवर डटकममा निरन्तर समाचार आए पछि प्रतिष्ठानले कार्तिक २८ गते भित्रमा लाईफकेयरलाई जसरी पनि खाली गराउने जनाएको हो । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले भने–‘कार्तिक २८ गते कोठा खाली गर्ने अन्तिम पत्र दिइसकेका छौ । ८ गते प्रशासनको सहयोग लिएर भए पनि हटाउछौ ।
प्रतिष्ठानले २८ गतेबाट नै आफुले औषधी पसल सञ्चालन गर्ने तयारी समेत गरेको उनले बताए । हामीले औषधी पसल सञ्चालन गर्न आवश्यक तायारी पुरा गरेको बताए । उनले भने कार्तिक २८ गतेबाट नै हामीले औषधी पसल सञ्चालन गर्ने योजना बनाएका छौ । कुनै प्राविधिक समस्या नआए कार्तिक भित्रै प्रतिष्ठानको आफ्नै औषधि पसल हुने उनले बताए । लाईफ केयरसँगको सम्झौता सकिए देखिनै कोठा खाली गर्न पत्राचार गरेको स्मरण गर्दै उनले अहिले अन्तिम पत्र बुझाई सकेको जानकारी दिए । र्लाइफ केयरले प्रतिष्ठानका पदाधिकारीलाई आर्थिक प्रभावमा परेको बिषय भने उनले अस्वीकार गरे । ‘यस्ता बिषयमा आर्थिक प्रभाबमा परेको भन्नु हास्यस्पद कुरा हो उनले भने –‘आरोप लाउने सबैको आरोप सत्य हुदैन ।’ प्रतिष्ठान भित्रको स्टेशनरी पसललाई बिना टेन्डर सञ्चालनको अनुमती दिएको बिषयमा उनले भने ‘अर्को निर्णय नभएसम्मका लागि सञ्चालन गर्न दिइएको हो, कुनै पनि बेला अरु निर्णय हुन सक्छ । अर्को टेन्डर गर्ने वा कोठा खाली गराउने भन्ने बिषयमा निर्णय हुन सक्छ ।’– रजिष्टार श्रेष्ठले भने ।