-
Home
-
सिनेमा
-
झिलिमिली बत्ती नबाल्न प्राधिकरणको आदेश
झिलिमिली बत्ती नबाल्न प्राधिकरणको आदेश
- कार्तिक ११, २०७३
- ब्लाष्ट खबर
धरान/तिहारलाई लक्षित गर्दै नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताहरुलाई झिलिमिली बत्ती नबाल्नको लागि आग्रह गरेको छ ।
अनाबश्यक विद्युत भार बढ्ने भन्दै प्राधिकरणले तिहारमा कुनै पनि खाल्का बत्तिहरु नबाल्नको लागि आग्रह गरेको हो ।
हाल उत्पादन कम भइरहेकालेसमेत तिहारमा साँझ ५ देखि १० बजेसम्म विद्युत खपत कम गर्नको लागि उपभोक्तालाई आग्रह गरेको हो ।
प्राधिकरणले हिटर, आइरन, राइस कुकर, बत्ती, ओभन, एसी, इन्डक्सन हिटर र वाटरपम्पसमेत नचलाउनको लागि आग्रह गरेको छ ।
तिहारमा साढे ५ सय मेगावाट बिजुली अपुग हुने प्राधिकरणले जानकारी दिएको छ । विद्युत प्राधिरकण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठका अनुसार आउँदो तिहारमा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने तर आपूर्ति भारतबाट समेत गरी साढे ९ सय मेगावाट मात्र हुनेछ ।