काठमाडौं/चालू आर्थिक वर्षको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैङ्कले जनाएको छ ।राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलपूmल, दलहन तथा गेडागुडी, मदिराजन्य पेयपदार्थ, मसला, लत्ताकपडा लगायतका सामग्रीको मूल्य भने अपेक्षितरूपमा घट्न सकेको छैन ।चालू आवको दुई महिनासम्ममा कूल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कूल १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस अविधिमा भारततर्पm नौ, चीनतर्पm २४ दशमलव ५ र अन्य मुलुकतर्पm ५ दशमलव ५ प्रतिशतले निर्यात बढेको छ ।

paisa समीक्षा अवधिमा कूल वस्तु आयात ४३ दशमलव ४ प्रतिशतले बढेर १ सय ४९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४९ दशमलव ८, चीनबाट भएको आयात २६ दशमलव २ र अन्य मुलुकबाट भएको आयात ३६ दशमलव ५ प्रतिशतले बढेको छ ।यस अवधिमा कूल वस्तु व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढी १ सय ३५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १७ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ८ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको दुई महिनासम्ममा ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रूपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण ११ अर्ब १२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा तीन अर्ब ५० करोड रुपैयाँले घाटामा छ । यस अवधिमा पूँजीगत ट्रान्सफर एक अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह दुई अर्ब १९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर दुई अर्ब ५१ करोड र प्रत्यक्ष वैदेशिक लगानी ८३ करोड रुपैयाँ थियो ।

कूल विदेशी विनिमय असार मसान्तको १० खर्ब ३९ अर्ब २१ करोडबाट ० दशमलव ६ प्रतिशतले कमी आई भदौ मसान्तमा १० खर्ब ३२ अर्ब ७० करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७३ असार मसान्तको आठ खर्ब ८७ अर्ब एक करोडको तुलनामा २०७३ भदौ मसान्तमा ० दशमलव ८ प्रतिशतले कमी आएर आठ खर्ब ८० अर्ब १६ करोड रहेको छ ।यसैगरी बैङ्क तथा वित्तीय संस्थामा (राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको एक खर्ब ५२ अर्ब २० करोडको तुलनामा ० दशमलव २ प्रतिशतले वृद्धि भई एक खर्ब ५२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कूल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अङ्श २२ दशमलव ४ प्रतिशत छ ।