dambar इलाम/विश्व किरात महासङ्घ नेपालले नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको जन्मजयन्तीका दिन देशभर सार्वजनिक विदाको माग गर्दै बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

कात्तिक २५ गते महागुरुको जन्मदिन पर्दछ । महासङ्घले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूमार्पmत् प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र पठाएको हो । महासङ्घका केन्द्रीय अध्यक्ष डम्बरकुमार तुम्वापोले ज्ञापनपत्र राज्यमन्त्री जवेगूलाई बुझाएका थिए । राज्यमन्त्री जवेगू इलामको चुलाचुली–१, कमलस्थित किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्वापोको दर्शनका लागि आएका थिए ।

‘महान् समाज सुधारक, सत्यहाङमा दर्शनका प्रवर्तक तथा अहिंसावादी, सत्यवादी, दार्शनिक महागुरु फल्गुनन्दले मानव समाज सुधारको निम्ति पु¥याउनुभएको योगदानको कदर गर्दै तत्कालीन सरकारले २०६६ मङ्सिर १६ गते मङ्गलबारका दिन नेपालका १६ औँ राष्ट्रिय विभूति घोषणा गरिसकेको छ र राष्ट्रिय विभूति घोषणा भएको ६ वर्षपछि तत्कालीन सरकारले २०७२ सालमा जन्मदिनमा एक दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो जुन स्वागतयोग्य थियो’, अध्यक्ष तुम्वापोले भने, ‘तर २०७३ सालको सरकारी वार्षिक पात्रो निर्माण गर्दा कात्तिक २५ गतेका दिन उहाँको जन्मदिनमा एक दिन किराती समुदायलाई मात्र सार्वजनिक बिदा दिई राष्ट्रिय विभूति महागुरुलाई किराती समुदायमा मात्र सीमित गरेर योगदानलाई अवमूल्यन गरेकोले उहाँ किरात समुदायको मात्र नभएर सम्पूर्ण मानव जाति साथै सम्पूर्ण नेपालीहरुकै राष्ट्रिय विभूति, सम्मान र गौरवको व्यक्तित्व भएको र सकल प्राणीको रक्षार्थ विश्वमा शान्ति स्थापनाको अभियानमा अनुकरणीय भएकाले योगदानलाई सम्मान गर्दै सम्पूर्ण नेपालीलाई सार्वजनिक बिदा दिनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ ।’ अध्यक्ष तुम्वापोले सरकारले राष्ट्रिय विभूतिको जन्मजयन्तीमा देशभर सबैलाई सार्वजनिक बिदा नदिने हो भने राष्ट्रिय विभूतिको परिभाषा नै परिवर्तन गर्नुपर्ने बताए । सो ज्ञापनपत्र महासङ्घका महासचिव नाम्लिङहाङ चेम्जोङले वाचन गरेका थिए ।