paisaभद्रपुर/लागूऔषधको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई विनाशर्त छुटाइदिने भन्दै प्रहरी अधिकृतले मोबाइल र नगद लगेको पीडितको आरोप छ ।

दमक इलाका प्रहरी कार्यालयको मुद्दा फाँटका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेलले आपूmलाई छुटाइदिने भन्दै आप्mनो आईफोन र नगद लगेको दमक–५ का २५ वर्षीय विनोद बस्नेतले बताएपछि घटना बाहिर आएको हो । दमक प्रहरीले डाइजीपाम र लुपिजेसिस गरी नौ थान लागूऔषधसहित बस्नेतलाई गत असार २४ गते दमक–१ फाल्गुनन्द चोकबाट पक्राउ गरेको दमकका डीएसपी राजन लिम्बूले बताए । पक्राउपश्चात् उनलाई हिरासतमा राखेर मुद्दा चलाइएको डीएसपी लिम्बुले बताए ।बस्नेत १५ हजार धरौटीमा भदौ ३० गते छुटेका थिए । आप्mनो साथमा रहेको आईफोन, कलर्स मोबाइल र नगद १५ हजार प्रहरीले बरामद गरेको बस्नेतले दावी गरेका छन् । आपूmलाई हिरासतमा राखेर इन्स्पेक्टर पौडेलले ‘तँलाई छुटाइदिन्छु ।

आईफोन र नगद नखोज्नू’ भनी बताएको बस्नेतले सुनाए । उनले धरौटीसमेत बुझाउनु नपर्ने भन्दै नगद र आईफोन लगेको तर कलर्स मोबाइललाई मिसिलमा राखिएको उनले सुनाए । मोबाइल र नगद पटकपटक माग्दा हिरासतमा राखेर यातना दिइएको उनले बताए । ‘पौडेल साबले मलाई डण्डाले तिघ्रा, हात र शरीरका विभिन्न ठाउँमा कुटेका कारण शरीरको दाहिने भागमा हालसम्म पनि डाम छ र अङ्गले समेत थाहा नपाउने भएको छ ।’ उनले बताए । करीब ६६ दिन हिरासतमा रहेर भदौ ३० गते धरौटीमा छुटेको उनले बताए । छुटेर आए पनि आपूm सुरक्षित हुन नसकेको उनको भनाइ छ । एक गिलास रक्सी खाएको पाइएमा वा कुनै न कुनै बहानामा जिन्दगी डुबाइदिने धम्की दिँदै पौडेल हिँडेको उनले बताए ।

इन्स्पेक्टरका कारण आपूm दमकमा रहेर बसको टिकट काट्ने काममा समेत जान नसकेको उनको भनाइ छ । घटनाबारे मानवअधिकारकर्मी र एसपीलाई समेत जानकारी गराइसकेको बस्नेतले सुनाए । पौडेल हाल तालिमका लागि काठमाडौँ गएको प्रहरी स्रोतले बताएको छ ।उनले मोबाइल लगेको पुष्टि भएपछि नसिहत दिने गरी जिल्लाको निर्देशनबाट दमकका डीएसपी राजन लिम्बूलाई पत्र पठाएको झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । प्रहरी अधिकृतलाई गरिने पहिलो कारवाहीस्वरुप कार्यालय प्रमुखको हैसियतले डीएसपी लिम्बूले असोज २ गते नै पौडेललाई नसिहत दिइसकेको उनले बताए ।