juwaधरान / सुनसरीको पश्चिम कुसाहमा जुवा खेल्दै गरेको अवस्थामा नगद, कौडासहित ४ न्जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दुहवीले १६ थान कौडा र ५ हजार ८ सय ५५ नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा दुहवीका शम्भु साह, पूर्वकुसहा –३ का बेचन मिया,अशोक कुमार चौधरी र मोरङ टंकिसिनवारी–८ वस्ने जसिम मिया रहेका छन् ।  उनीहरुलाई पूर्वकुसहा–३ बस्ने पहना राजवंशीको घरमा जुवा खेल भईरहेको छ उनीहरुलाई इप्रका दुहबीमा राखी कारवाही प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय इनरुवाका एसी पोषराज पोखरेलले जानकारी दिए ।  तिहार नजिकदै गर्दा जुवा तास खेल्नेहरु बढे पछि प्रह्रीले जिल्लामा निगरानी बढाएको छ ।