प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले नेपाल–भारत सिमानामा पर्ने तिलाठी–८ बाट करिब तीन केजी चाँदीसहित भारतको मधुवनी जिल्ला हरिनगर–३ बस्ने १६ वर्षीय रमेश पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पक्राउ परेका भारतीय नागरिक र बरामद गरिएको चाँदीलाई बेल्हीस्थित भन्सार कार्यालय राजविराजमा बुझाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
































