तेह्रथुम/रक्सीले मातेर श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने तेह्रथुमका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती गोमा लिम्बू र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ओख्रे–४ का ५९ वर्षीय पूर्ण तिगेलालाई पक्राउ गरेको हो ।
तिगेलाले आइतबार बेलुका रक्सी खाएर श्रीमती र नातिलाई खुकुरी प्रहार गरेको भन्दै स्थानीय बासिन्दाले दिएको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान थालिएको शुक्रबारे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पर्शुराम गिरीले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएकी तिगेलाकी श्रीमती र नातिलाई भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घरैमा राखिएको छ ।