[caption id="attachment_17231" align="aligncenter" width="833"]
राजश्व शाखामा कर तिर्नको लागि लाम बसेका सेवाग्राही । तस्विरः ब्लाष्ट खबर[/caption]
धरान/दश बजे कार्यालय खुल्दानखुल्दै जग्गाको कर तिर्न धरान उपमहानगरपालिकाको राजश्व शाखा पुगेका धरान–१५ का सञ्जीव राईको काम ११ बजेसम्म भएन । त्यो एक घण्टा मोबाइल खेलाएरै बिताए । राजश्व तिर्नको लागि लाइनमा झण्डै सात जनाभन्दा बढी थिए । तर, थोरै कर्मचारी मात्रै आएकाले सबै कर्मचारी नआइ काम नहुने सङ्केत पाएका राई भन्छन्, ‘सबै कर्मचारी नआइ काम हुँदैन भनेर भन्छन् । छिट्टै काम हुन्छ होला भनेर चाँडै आइयो । तर, यहाँ हालत यस्तो छ ।’ राजश्व शाखा मात्रै हैन, अधिकाङ्श शाखाका कर्मचारी पनि आङ्शिकमात्रै देखिए । कतिपय कर्मचारी कानुन शाखाको अघिल्तिर ‘कचहरी’ लाएर बसेका देखिए भने कतिपय कम्प्युटर खोलेर फेसबुकमा व्यस्त थिए ।
ब्लाष्ट निगरानी
आइतबारदेखि यस संवाददाताले गरेको निगरानीमा अधिकाङ्श कर्मचारी समयमा नआएको पाइयो । प्रमुख कार्यकारी अधिकृत टीकादत्त राईको सरुवा भएकाले कार्यकारीको कोठा बन्द थियो । बुधबारदेखि मात्रै नयाँ कार्यकारी विष्णुप्रसाद कोइराला आउने जानकारी कर्मचारीबाटै पाइयो । आइतबार साढे १० बजे राजश्व शाखामा पुग्नुअघि नै शाखाका प्रमुख खगेन्द्रप्रसाद खतिवडा मोटरसाइकलमा बाहिर हुइँकिंदै थिए । सामाजिक कल्याण शाखामा राजकुमार डङ्गोल र केही कर्मचारी मात्रै भेटिए । डङ्गोल पनि फेसबुकमा व्यस्त थिए । अन्य शाखाको हालत उस्तै थियो । कर्मचारीहरुलाई बुभ्mदा हाकिम आउँदै गरेको सङ्केत दिए । सोमबारको अवस्था पनि उस्तै थियो । मङ्गलबार अधिकाङ्श शाखामा पुग्दा हाकिमहरुको उपस्थिति लगभग शून्य थियो भने सूचना शाखाका प्रमुख भक्तिराज शर्मामात्रै उपस्थित थिए । १०ः२० बजे उनीसँग हालचाल बुझेपछि अन्य सबै विभागमा पुग्दा कुनै पनि प्रमुख आइपुगेका थिएनन् । हालका निमित्त कार्यकारी एवम् बरिष्ठ प्रशासकीय अधिकृत १०ः२० बजेसम्म उपस्थित देखिएनन् । १०ः२५ पुग्दा टुप्लुक्क कार्यालय आइपुगे । अन्य विभागका प्रमुखहरु भने त्यो समयमा पनि उपस्थित थिएनन् ।
किन ? त्यसबारे कर्मचारीसमेत अनभिज्ञ थिए । घडीले १०ः३० बजाइसक्दा समेत अन्य विभागका हाकिमहरुको उपस्थिति थिएन । अधिकाङ्श सेवाग्राही प्रमुखहरुलाई कुरेर बसेका थिए । उपस्थित भएका कर्मचारीहरु पनि मोबाइल खेलाउनमै व्यस्त थिए । अधिकाङ्श विभागमा पुगेर यस संवाददाताले बुभ्mदा हाकिमहरु आउँदै छन् भन्ने जानकारी मात्रै पाइयो । सामाजिक कल्याण शाखामा पुग्दा सरसफाइ विभागका शिशिर श्रेष्ठले अधिकृत सुनील नेपाल आइनपुगेको सङ्केत गर्दै भने, ‘आउँदै हुनुहुन्छ होला, छुट्टी भएजस्तो त लाग्दैन ।’कार्यालय समयमा नआउने मात्रै हैन, कार्यालय बिदा हुने समयमा पनि त्यस्तै हालत रहेको सेवाग्राहीहरुको गुनासो छ । धरान–१७ का टीकामणि राईले दुई दिन नगरपालिका धाइसके पनि काम नबनेकोमा दुखेसो पोखे । ‘दुई बजेदेखि ३ बजेसम्म नास्ता खाने समय लेखेको छ । त्यसपछि पनि कर्मचारी आइदिँदैनन् । हिजो गरेको काम नभएपछि आज (मङ्गलबार) आउँदा हाकिम आइपुगेका छैनन्’, उनले पीडा पोेखे, ‘सोमबार ३ घण्टा बसें, काम बनेन ।’
मङ्गलबार १० बजे नै आइपुगेका उनी हस्ताक्षरको लागि हाकिमलाई कुरेर बसेका थिए । उनी भन्दै थिए, ‘हामी सुकुम्बासी दैनिक मजदुरी गरेर खाने मान्छे । दुई दिन त्यसै बित्यो ।’ समयमा हाकिमहरु कार्यालय नआइदिँदा यस्ता धेरै सेवाग्राही कुरेर बस्ने भन्दा दोस्रो विकल्प हुँदैन । त्यसका प्रतिनिधि पात्र मात्रै हुन् सञ्जीव र टीकामणि । यस्ता पात्रहरु दैनिक भेटिन्छन् धरान उपमहानगर परिसरमा । कर्मचारीहरुले समयको ख्याल नगरिदिँदा सेवाग्राहीहरुले दैनिक सास्ती खेप्ने गरेका छन् ।
यसलाई उनीहरु लापरवाहीको नमूना बताउँछन् । तर, निमित्त कार्यकारी खतिवडाले आपूm १० बजेर ५, १० मिनेटमात्रै ढिलो गरी आएको दाबी गरे । ‘नत्र हाम्रो थम लगाएर हाजिर गर्ने सिस्टम छ त्यो प्रिन्ट गरेर नै हेर्न सकिन्छ ।’ उनले अन्य कर्मचारीको हकमा पनि कहिलेकाहिँ ढिलो हुनसक्ने बताए । तर, धेरै ढिलो आएको हकमा ‘रातो’ लगाइदिने गरेको बताए । सेवाग्राहीहरुको त्यस्तो गुनासो भए त्यस्ता कर्मचारीलाई कारबाही नै गर्नेसमेत उनले बताए ।