विजयपुर /गत भदौ २१ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाट हराएको एउटा मोटरसाईलक मङगलबार बिहान फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले इलाका प्रहरी कार्यालयको टोलिले मोटरसाईकल फेला पारेको जानकारी दिए ।
चोरीको मोटरसाईकल फेला पार्न प्रतिष्ठानको सुरक्षार्थ खटिएका केटिएम सेक्युरेटीका सेक्युरेटीहरुले पनि प्रहरीलाई अनुसन्धानमा सहयोग गरेको थियो । प्रतिष्ठानको वहिरङ विभाग (ए वार्ड) अगाडीबाट दुइमहिना अगाडी हराएको को५प ९१९६ नम्बरको मोटर साइकल आज विहान सोही ठाउमा भेटिएको हो । केटिएमका प्रतिष्ठान स्थित इन्चार्ज दिलिप श्रेष्ठका अनुसार मोटर साइकल फेला परे पनि चोरीमा संलग्न भने फरार छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले प्रतिष्ठान भित्रबाट चोरी भएका दुईवटा मोटरसाईकल १२ घण्टाको अन्तरमा फेला परेका छन्,हामी थप अनुसन्धान गर्दै छौं । सोमबार साँझ मात्र प्रहरीले चोरीको मोटरर्साइकल सहित एक जनालाई धरान चतरा सडक खण्डको खारखोलाबाट नियन्त्रणमा लिएको थियो ।