tourisam_promotion

इलाम/इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालू आर्थिक वर्षका लागि दुई करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ ।इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाममार्र्पmत् कार्यान्वयन हुने गरी नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।

इलामका लागि एक करोड ६२ लाख, पाँचथरमा ४० लाख र ताप्लेजुङमा ७२ लाख रुपैयाँ विनियोजन भएको समितिले जनाएको छ । इलामको श्रीअन्तु पर्यटकीय पूर्वाधार विकासमा १० लाख, पशुपतिनगरमा स्थापना भएको सूचना केन्द्रको घेराबारा र फर्निसिङमा पाँच लाख, रत्न सुरूङ संरक्षण तथा चित्रे पार्क निर्माणमा आठ लाख, सिद्धिथुम्कामा किराँतेश्वर शिव मन्दिरलगायत अन्य पर्यटकीय पूर्वाधारमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

माङ्मालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास र छिन्टापु पर्यटन पूर्वाधार विकासमा आठ÷आठ लाख, महमाईको मैनाचुली पर्यटन विकासमा पाँच लाख, फुएँतप्पामा पोखरी निर्माणका लागि पाँच लाख, सन्दकपुर पर्यटन पूर्वाधार विकास तथा ‘भ्यू पोइन्ट’ निर्माण, कन्याममा पर्यटकीय पूर्वाधार विकास तथा सौन्दर्यीकरणमा १०÷१० लाख, सुखानी क्षेत्र पर्यटन पूर्वाधारमा पाँच लाख, पशुपतिनगरमा बौद्धधामको नाङ्वा साङ्वे गुम्बालाई पाँच लाख, बौद्धधाममा बुद्धको मूर्ति तथा बौद्धपार्कका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । पर्याप्त सम्भावना भएपनि पूर्वाधार विकासमा बजेट अभाव भएकाले पूर्वी पहाडको पर्यटन क्षेत्र पछि परेको सरोकारवाला बताउँछन् ।