chori

धनकुटा/दशै विदाको वेला धनकुटा नगरपालिका कार्यालयमा इन्टरनेट सेवाको लागी जडान गरिएको राउटर सहितको सरवर कनेक्सन पोइन्ट चोरी भए पछि चार दिन देखी कार्यालयमा इन्टरनेट सेवा ठप्प भएको छ । सो घट्नसंगै सदरमुकाममा आइतवार राति मात्र अन्य दुई वटा स्थानबाट कम्प्युटर लगायतका सामाग्री चोरी भएको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका कार्यालयको दुई वटा कोठाको ढोका फुटाएर कम्प्युटर तथा नगद सहित विभिन्न सामाग्री चोरी भएको निमिक्त कार्यकारी अधिकृत नुसराज श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार दशैं विदाको समयमा कार्यालयका ब्रान्डेड कम्प्युटर २ थान, राउटर १ थान, आन्तरिक लेखा परिक्षण शाखामा राखिएको ३१ हजार ९ सय नगद लगायतका सामाग्री चोरी भएको छ । चोरी कुन दिन भयो, कस्ले चोरी ग¥यो भन्ने वारे कसैलाई एक्किन नभए पछि सोमवार प्रहरीलाई खवर गरिएको निमिक्त प्रमुख नुसराज श्रेष्ठले ब्लाष्टलाई वताउका छन् ।

उनले दशैंको विदाको समयमा नगरपालिका कार्यालयले दुई जना चौकीदार कृष्ण वहादुर राई र वालकृष्ण श्रेष्ठलाई डिउटीमा टाइएको भए पनि चोरी कसरी भयो भन्ने अत्तोपत्तो नभएको वताए । घट्नाको विषयमा अनुसन्धान भैरहेको र धनकुटा नगरपालिकालाई नगद र जिन्सी गरी झण्डै २ लाख ५० हजार वरावरको क्षति भएको निमिक्त प्रमुख श्रेष्ठले वताए । यसैगरी सदरमुकामस्थित तल्लो टुडिखेल छेउको गोकुण्डेश्वर बालमन्दिर उमाविका पुस्तकालयको ढोका फुटाएर कम्प्युटर, पेनड्राइभ, राउटर, सीपीयू लगायतका सामाग्री चोरी भएको प्रधानाध्यापक दामोदर मिश्रले ब्लाष्टलाई जानकारी दिएका छन् ।

विद्यार्थीको अभिलेख रहेको रजिष्टर समेत चोरी भएको छ । यस्तै धनकुटा २ सेउलेस्थित ज्वालादेवी प्राथमिक विद्यालयमा समेत आइतवार राति ढोका फुटाएर चोरी भएको प्रहरीले जनाएको छ । एकै रातमा विभिन्न स्थानमा चोरी भएको घटनाबारे उजुरी परेको जिल्ला प्रहरी कार्यालयको मुद्धा फाटका प्रहरी निरीक्षक दिनेश अधिकारीले ब्लाष्टलाई वताएका छन् । अनुसन्धानका क्रममा प्रहरीले धनकुटा–२ सेउलेबाट दुई जनालाई नियन्त्रणमा लिएको अधिकारीले बताए । तर पक्राउ परेकालाई सोधपुछ पछि छाडिएको प्रहरीले जनाएको छ ।