Motercycle-Rider-Sketch विजयपुर /धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाता भित्रबाट आईतबार साँझ हराएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानले प्रहरी चौकी चतराको सहयोगमा को ७ प ९२०१ नम्मरको मोटरसाइकल सहित बराहक्षेत्र ३ चतराका २० बर्षिय निरप राइलाई पक्राउ गरेको छ । उनलाई धरान चतरा सडक खण्डमा पर्ने खार खोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलेनै मोटरसाईकल चोरेका हुन वा अरुसँग किनेका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।