ताप्लेजुङ /मेचि पहाडि जिल्लाको एक मात्र ताप्लेजुङ स्थित सुकेटार विमानस्थलमा उडान रोकिएको चार महिना पछि आज गोमा एयरले चार्टर उडान गरेको छ ।आज बाह्र जना विदेशि पर्यटक सहित केहि नेपाली यात्रु लिएर गोमा एयरले चार महिना पछि यो विमानस्थलमा उडान भरेको हो ।कालोपत्रे भएको केहि महिना नेपाल बायुसेवा निगम, तारा एयर र गोमा एयरले काठमाडौ–ताप्लेजुङ उडान भरे पनि मौषम खरावि, विमान विग्रिएको लगायतका कारण देखाउँदै गत जेठ २२ गते देखि सबै कम्पनीको उडान रोकिएको थियो ।
मौषममा सुधार आएकोले र विदेशि पर्यटक भएकाले चार्टर उडान भरेको गोमा एयरले जनाएको छ । अब आगामि बुधबार देखि नेपाल बायु सेवा निगमले पनि काठमाडौ देखि नियमित उडान भर्ने नेपाल बायु सेवा निगमका ताप्लेजुङ स्टेसन ईन्चार्ज विकास राईले बताए ।बिग्रिएको विमान मर्मत भएको र मौषममा सुधार आएकाले नेपाल बायु सेवा निगमको जहाजले उडान भर्ने तयारी गरेको बताईएको छ । नेपाल बायु सेवा निगमले यस अघि पनि साताको तीन दिन आइतबार, बुधबार र बिहीबार ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालन गर्दै आएको थियो ।
यता गोमा एयरले भने चार्टर उडान मात्र गर्ने बताएको छ । यस अघि दशैको समयमा यस विमान स्थलमा हवाई सेवा सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेको थिए पनि कञ्चनजंघा हिमाल र पाथिभरा आउने पर्यटक तथा तिर्थयात्रिलाई समेत असुविधा भएको थियो ।हवाईसेवा नियमित भए कञ्चनजंघा जाने विदेशीलाई छिटो हुने भएकाले उनीहरूले यसैलाई रोज्ने गरेका छन् । उडानबाट भए एकै दिनमा काठमाडौंबाट सुकेटार हुँदै पर्यटकहरू पहिलो बेसक्याम्पसम्म पुग्न पाउँछन् । सोमबार सुकेटार विमानस्थलमा गोमा एयरको जहाजबाट झरेर गन्तव्यमा लाग्दै पर्यटकहरु ।