heading

इटहरी/कोशी व्यारेजको बिकल्प भनिने सुनसरी र चतरा जोड्ने कोशी पुल बन्यो २०७२ श्रावण १८ मा । पुलकै मुखमा एउटा टूाफीक चिन्ह्र राखिएको छ ( गती ४० किलोमिटरमा । तर, त्यहि टूाफिक चिन्हलाइ गिज्जाउने स्थरको बाटो पुल सकिनासाथै सुरु हुन्छ । कोशीको पुलमा मात्रै पक्की बाटो छ । पुल कटेर उदयपुर तर्फको कोठुटार टेक्नासाथै खाल्डाखुल्टी आँउछन ।

कतिपय मोटरसाइकलहरु त पुलकै गतिमा हाक्दा पुल कटेपछि ठोक्किएर लड्ने गरेको स्थानिय लोकेन राईले पटक पटक देखेकाछन । यता, सुनसरी तर्फ त पुल सकिएर चरता बजार आँउन्जेल ठाँउठाँउमा बाटोमा झ्वां परेको छ । बर्षातको हिलो र कच्चि सडकको अवस्थाले यात्रु भरिएका गाडी ठाँउ ठाँउमा फस्ने गरेको चालकहरुको पीडा छ । असोज २८ गते शुक्रबार फत्तेपुर चतरा सडकखण्डमा गाडी कुदाँउने चालक राजु खड्कालाइ चतरा पुल छेवैको कुइनेटोमा बाटोको हिलोले हैरान पार्यो ।

सामान्य उकालोमा हिलोले गर्दा गाडीले तान्न नसकेर फसेपछि गाडीका हरेक यात्रुको पैशा फिर्ता गरेको बताएका चालक खड्का भन्दै थिए, ‘बाटो भनेर के गर्नु न राम्रो गाडी कुद्छ न राम्रो पैदल हिड्नै सुविस्ता छ ।’ फसेको गाडीसँगै आफ्ना गाडी स्टाफसँगै भेटिएका खड्काले चतराको सडकमा हरेक बर्षातमा यसै गरि गाडी फसेर यात्रु र यातायात व्यवशायी दुवै पक्षलाइ सताँउने बताँउछन । ‘पुल त पक्कि बन्यो अव पुल बनेपछि बाटो त बनिहल्ला भनेको पनि कत्ति कत्ति भइसक्यो।’ चालक खड्काले यो गुनासो चतराको पक्कि पुल बनेर सन्चालनमा आएको ४३५ दिन पछिको हो । पुर्व प्रधानमन्त्रि शुशिल कोइरालाले २०७२ श्रावण १८ मा तामझाम सहित उद्घाटन गरेको सुनसरी र उदयपुर जोड्ने पक्की पुल त बन्यो । तर, पुलसँग र पुल सम्म पुग्ने पीच बाटोको काम भने हुनुपर्ने स्थरमा नभएको स्थानियको गुनासो छ । हिलाम्ये सडकमा भोजपुर देवानटारबाट आएको बताँउने तारा राउतले भन्दैथिन, ‘बराहक्षेत्र बाट चतरा सम्मको बाटो पीच भएको भए मलाइ हिडेर २ घण्टाको दुःख पर्दैन थियो बरु ३० मिनेटमै गाडीले लान्थ्यो ।’

नेपालकै प्रसिद्ध धार्मिकस्थलहरु चतरा धाम र बराह क्षेत्रमै पर्ने चतरा(धरानको हिलाम्य सडकखण्ड सुधार नहुँदा स्थानियलाइ हैरानी भएको छ । बाटै पिच्छेका खोलाहरुमा कलभर्ट र पुल निर्माणमा ढिलाइ हुँदा स्थानियलाइ समस्यामा पारेको छ । केहि हप्ता अगाडी बोलबम मेला भर्न आएकि महिलाको त चतरामै खोलामा बगेर मृत्यु भयो । दुइ महिना अगाडी वेथा लागेर धरानको विपी क्याम्पमा उपचार गर्न लगिएकि आफ्नी गर्भवती भाउजुको यात्रा विमल राईलाइ निकै सकसपुर्ण लागेको समाचार विस्फोटनले केहि महिना अगाडी पनि गरेको थियो । ‘भाउजु दुइ जिउको छ एम्बुलेन्स बोलाँउदा बाटो खराब छ भनेर आँउदैन,’राइ सुनाउछन, ‘बल्लबल्ल एउटा एम्बुलेन्सले आँउन मान्यो तर ठाँउठाँउमा हिलोमा चिप्लिने र ठेल्नुपर्ने । मान्छेलाइ गाडिले तान्नुपर्ने हो तर यहाँ त मान्छेले गाडी तान्नुपर्छ ।’

गत श्रावणमा बोलबम मेला भर्न आँउने एक युवतीको त खोलाले बजाएर प्राण नै गयो । अझै पनि हिलाम्य सडक, जरा उक्किएर लड्न लागेका जस्तै देखिने सडक भित्ताका रुखहरु र ठाँउठाँउमा झरेको पोहिरोले चतराका स्थानीय र पर्यटकहरलाइ पाइलै पिच्छे सकस भएको छ । ९ दशमलब १६ किलोमिटरको धरान(चतरा सडक खण्ड निर्माण जत्ति ढिलो हुन्छ स्थानियलाइ उनि सास्ति हुने उनिहरुको दुःखेसो छ । इटहरी बाट कान्छी चौक हुँदै चतरा पुल सम्म पुग्ने ३० किलोमिटरको चतरा सडकको हालत पनि उस्तै छ । खाल्डाखुल्डी र हिलाम्य सडकले स्थानियलाइ सास्ती माथी सास्ति दिदैछ । दुधपानी खोला, भन्सार खोला, बाघ खोला र सर्दु खोलामा चाँडो भन्दा चाँडो पुल र कलभर्ट बनाँउदै ठाँउठाँउमा झरेको पहिरो पन्छाउनु पर्नेमा काम ढिलो भएकोमा स्थानिय रुस्ट भएका छन् । सडक पिच नभइ बाइकमा यात्रा गर्दा खुट्टामा चोट लाग्ने र गाडी चाँडो बिग्रने बताएका बिमल राई त पुल बनेर सडक नबन्दा केहि अर्थ नहुने बताँउछन् । भन्छन, ‘बरु पहिले स(सानो गाडीहरु कम संख्यामा चल्थ्यो र ठिकै हुन्थ्यो अहिले त डोजर, ट्याक्टर,टूक र ठुला बसहरु गुडेपछि त हिँडिसक्नु छैन ।’

स्थानिय बिमल राइहरु मात्रै हैन चतरा र बराहक्षेत्रको धार्मिक तिर्थाटन र साइकल यात्रामा जानेहरुलाइ समेत चतराको बाटोको बिगोज देखी आजित छन । इटहरीबाट शुक्रबार चरता पुलको यात्रामा आएका इटहरी स्थित पाथीभरा एडभरटाइजिङका सन्चालक पवन अधिकारी सुनसरीको झुम्का चतरा र धरान चतरा जस्तो महत्वपुर्ण सडक नबन्नु स्थानिय पर्यटनकालागी समेत ठुलो घाटा हुने बताए । हिलाम्ये सडकमा जुत्ता बाइकमा बेरेर बाइक हाँकेका अधिकारीले भने, ‘इटहरीबाट चतरा पुल आउनु भन्दा पश्चिम बंगालको सिलगुरी पुग्न नजिक देखियो । हामी इटहरीबाट चतराको कोशी पुल आँउदा झन्डै ३ घण्टा लाग्यो ।

यो समयमा त मज्जाले सिलगुरी पुगिन्छ ।’ सडक नबनेर साइक्लिङ र कोशी पुल यात्रामा आँउनेहरुलाइ यस्तो बाटोले निरुत्साहित गर्ने तर्क गरेका अधिकारीले भने, ‘बाटोकै दुरावस्थाको कारण चतरा र बराहक्षेत्र हुँदै विस्नुपादुका जाने सयौँँ धार्मिक पर्यटकहरुलाइ समेत असहज भएको छ जसको घाटा स्थानियको व्यापार र विकासमा भएको छ ।’ अधिकारीसँगै आएका इटहरीका गजलकार यात्री शेखरले त सडकको बिजोग देखाँउदै सरकारको घुमफिर बर्ष २०७३ घोषणाको व्यंग्य गर्दै भने, ‘सरकारले घमफिर बर्ष त घोषणा गर्छ तर घुम्ने बाटो भने बिजोग बनाएर राख्छ  ।’