बिर्तामोड / इलाका प्रहरी कार्यालय बिर्तामोडले लागू औषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भारतको पानीट्याङकीबाट लागू औषध लिएर उनीहरु आउँदै गरेको बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा दमक–१३ का बिक्रम बस्नेत र १४ का अंकित भण्डारीलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बस्नेत र भण्डारी सवार मे ३ प १८२९ नम्बरको मोटरसाइकलमा बिर्तामोड–५ मा चेक गर्दा तेल हाल्ने ठाउँमा प्लाष्टिकमा पोको बनाई लुकाई राखेको ५ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेकामाथी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।