इटहरी / नेकपा माओवादीकी पूर्व लडाकू पेस्तोलमा प्रयोग हुने गोली सहित पक्राउ परेका छन् । दशैंको समयमा इटहरी–२ स्थित सहरमान कार्कीको घरमा डेरा गरी बस्ने २५ वर्षीया लिला तामाङलाई इटहरी प्रहरीले अवैध रुपमा लुकाई राखिएको अवस्थामा पेस्तोलमा प्रयोग हुने दुई थान गोली र एक थान खोका बरामद गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार उनी तत्कालिन माओवादी सेनामा थिइन् र आत्मसमर्पण गर्ने क्रममा उनीसँग ती गोली थिए । उनी भोजपुर घर भई इटहरी २ मा बस्दै आएको पनि प्रहरीले जनाएको छ । प्रहरीले कार्कीको घर खानतलासी गरी दुई राउण्ड गोली र फायर भई सकेको गोली २ थान बरामद बरामद गरेको हो । डिएसपी सुवेदीका अनुसार पक्राउ परेकी कार्कीलाई हात हतियार खरखजना ऐन अन्तरगत मुद्धा दर्ता गरी कारवाही अघि बढाइएको छ ।