सप्तरी/सप्तरीको एक हार्डवेयर पसलमा आज बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिव पाँच लाख रुपैया मूल्य बराबरको सामग्री ध्वस्त भएको छ । सप्तरी कञ्चनपुर–५ का अजय रौनियारको हार्डवेयर पसल अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । हार्डवेयरमा प्रयोग हुने सामग्रीहरु जलेको थियो । आगलागी भएलगत्तै स्थानीयवासी, प्रहरी र दकमलले सहयोगमा तत्कालै नियन्त्रणमा लिइएको थियो । चाडै नियन्त्रण गरेका कारण पनि धेरै क्षति हुन नपाएको प्रहरीले बताएको छ ।