धरान /कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडिबाट यात्रुवाहक बस ठोकिँदा दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा २४ यात्रु घाइते भएका छन् ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना४ख ६०८० नंको यात्रुवाहक बस शुक्रबार साँझ टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडि ठोकिएको थियो ।

दुर्घटनामा परी बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको मृत्यु भएको हो । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।