धरान/सौहाद्रपूर्ण वातावरणमा मेला लगाउन खोजिएपनि त्यसप्रति अवरोध गरिएको भन्दै धरान सङ्गीत प्रतिष्ठानका पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।प्रतिष्ठानले सञ्चालन गरिरहेको सङ्गीत प्रशिक्षण केन्द्रको कोष खडा गर्नको लागि मेला लगाउन खोजेपनि केही व्यक्तिको स्वार्थले प्रतिष्ठानको उद्देश्यमाथि नै प्रहार भएको उनीहरुले बताएका छन् ।
‘हाम्रो उद्देश्यलाई राम्रोसँग ध्यानमा नराखी जनताको खुशीलाई छिन्नु बिडम्बना भयो’, मेला संयोजक एवं प्रतिष्ठानका सल्लाहकार रमेश राईले बिहीबारको पत्रकार सम्मेलनमा भने ।प्रतिष्ठानले मेला लगाउने विषयमा तीन महिनाअघिदेखि विभिन्न राजनीतिक दल र उनीहरुका प्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी÷व्यापारीसँग छलफल गरेको अवस्थामा केही व्यक्तिको स्वार्थले धरानवासीको खुशी खोसिएको उनको आरोप छ । यसअघि लागेका मेलाहरुले विकृति निम्त्याएको कुरा भने साँचो रहेको प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बूले बताए ।