भद्रपुर/‘भइरहेछ जलवायु परिवर्तन,गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ ३६ औं विश्व खाद्य दिवस झापामा पनि मनाईएको छ । जिल्ला कृषि समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा विहिवार जिल्ला विकास समितिको सभाहलमा प्रवचन तथा पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रपति उत्कृष्ठ पुरस्कारमा गाईपालक कृषक सिता पाण्डे,व्यवसायीक तरकारिमा अमबर बहादुर पौडेल र तरकारी उत्पादकमा धन बहादुर श्रेष्ठ त्यसैगरी व्यक्ति तथा संघ संस्थामा नेपाल पत्रकार महासंघ झापा,हिम शिखर टेलिभिजन,कृषि कार्यक्रम उत्पादक तथा प्रसारकलाइ जनही १० हजार नगद सहित सम्मान गरिएको थियो । आयोजकले फार्म मेशिनरी सञ्चालक भिष्म बिक्रम थापा,नमुना सामुहिक खेती संयोजक बेदनिधी चापाँगाई,पहिलो पाइला कृषि सहकारी संस्था र भुतेनी खोला जल उपभोक्ता समितिलाई समेत ५ हजार नगद र सम्मान पत्र वितरण गरिएको थियो ।

बरिष्ठ कृषि विकास अधिकारी मेघनाथ तिमिल्सेनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए । सोही अवसरमा झापावाट अन्यत्र सरवा भएर गएका बरिष्ठ कृषि विकास अधिकारी मेघनाथ तिमिल्सेनालाई एक दर्जन भन्दा बढी संघ संस्थाले विदाई गरेका थिए । सांसद सुधिर कुमार सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ शाखा अध्यक्ष भीम नेम्वाङ्ग, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु लगायतले बोलेको कार्यक्रमको सञ्चालन प्रविधिक सहायक शालिकराम भट्टराईले गरेका थिए ।