
धरान / पछिल्लो समय तस्करहरुले धरानलाई गाँजा किनबेचको केन्द्र बनाएको पाईएको छ । पहाडी जिल्लाबाट पैदल तथा गाडीको बाटो गाँजा ल्याउने र धरानको मंगलबारमा संकलन गरि अन्यत्र बेच्ने गरेको पाईएको छ । प्रहरीले केही दिन अघि विष्णुपादुको बाटो भएर गाजा तस्करी गदै गदा ४ जना युवातीहरुलाई पक्राउ गरे पछि धरानमा गाँजा खरिद विक्रिको केन्द्र भएको खुलेको हो । गाँजा तस्करको पक्राउको श्रृष्खला विशेष सुराकीको आधारमा केही दिन अघि धनकुटा छिन्ताङका ३२ बर्षिय चक्रबहादुर राई, भोजपुर घर भई धरान ११ मा डेरा गरी बस्ने वर्ष ३२ का एलीना राई पक्राउ परे । उनीहरुले विराटनगर–१९ का एक दाम्पतिलाई गाँजा सप्लाई गदै आएका थिए । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ वर्षीया महोदरी सासोडी उनीहरुबाट गाजा लिएर अरुलाई विक्रि गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती दम्पतिले धरानमा पुगेर सम्म जागा ल्याउने गरेको बताइएको छ । उनीहरुको साथबाट ७ केजी ४ सय १० ग्राम गाँजा बरामद गरिएको थियो । चक्रबहादुर र ऐलीलनाले पहाडी जिल्लाबाट गाँजा जम्मा गरेर धरान हुदै विराटनगर ल्याउने र शाह दम्पतीको घरबाट कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले पाएको सूचनाको आधारमा मोटरसाइकलमा गाँजा ओसारपसार हुने गरेको थाहा पाएपछि गाँजासहित चत्रबहादुरलाई प्रहरीले नियन्त्रणम लिएर थप अनुसन्धान थालेपछि अन्यलाई पनि कलडिटेलको आधारमा पक्राऊ गरिएको थियो । तस्करीमा युवतीहरुको संलग्नता यस्तै इलाका प्रहरी कार्यालय धरानले भदौ ४ गते ३९ केजी गाँजासहित पाँच महिला लाई पक्राउ गरेको थियो । धरान–२६ विष्णुपादुकाको मानेभञ्ज्याङ चोकबाट उनीहरु पक्राउ गरेका थिए । शङ्कास्पद रुपमा झोला बोकेर धरान जाने गाडी चढ्ने क्रममा विष्णुपादुका अस्थायी प्रहरी पोष्टको टोलीले जाँच गर्ने क्रममा १ केजीका दरको प्लाष्टिकले बेरिएको ३९ थान गाँजासहित महिलाहरु पक्राउ परेका हुन् । भोजपुर हसनपुर–२ की ३५ वर्षीया राजकुमारी राई, हसनपुर–२ की ३५ वर्षीया दिलकुमारी राई, धनकुटा छिन्ताङ–८ की १७ वर्षीया सुनीता राई, धनकुटा छिन्ताङ–८ की ४५ वर्षीया आशा राई, धनकुटा छिन्ताङ–८ की ५२ वर्षीया श्यामकुमारी राईलाई पक्राउ परेका थिए । उनीहरुको बयान अनुसार भोजपुरको हसनपुर, धनकुटाको छिन्ताङ हुदै विष्ुणपादुकाबाट धरानको मंगलबारेमा ल्याएर गाँजा किनबेच गर्ने गरेको पाईएको छ । गत साउन मै धरानका छुट्टाछुट्टै स्थानबाट २६ केजी गाँजासहित ६ जना पक्राउ परेका थिए । उक्त गाजा पनि भोजपुर र धनकुटाबाट नै आएको थियो । पक्राउ पर्नेमा छिन्ताङ–८ पाङनामका राजकुमार सार्की, महाभारत–९ का सुसान राई, डम्बर राई, खोकू–३ का रुद्र राई, छिन्ताङ–७ का राज सार्की र छिन्ताङ–८ का साजन राई छन् । धरान–२१ पत्रङबारी सामुदायिक वन क्षेत्रबाट दुई व्यक्तिसहित २१ केजी गाँजा र धरान–५ स्थित गीता मन्दिरमा रहेको धर्मशालाबाट ५ केजी गाँजासहित चारजनालाई अञ्चल प्रहरी कार्यालय धरानले पक्राउ गरिएको थियो । प्रहरीको संरक्षणमा गाँजा खेती गत पौषमा गाँजा तस्करी गाँजा उत्पादन हुने स्थानमा धनकुटाको छिन्ताङ र आहा र भोजपुरको हसनपुरमा अञ्चनप्रहरी कार्यलयका एसएसपी पवन प्रसाद खरेलले प्रहरी परिचान गरि उक्त क्षेत्रमा अध्ययन गर्न पठाएका थिए । स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन अञ्चल प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय पठाएको थियो । सा्ही आधारमा प्रहरकिो संरक्षण्मा गाजा खेति भएको प्रतिवेदन आए पछि धनकुटाका केही प्रहरी कारवाहीमा परेका थिए । प्रहरीले सो प्रकरणमा प्रहरी समेतको संलग्नता देखिएपछि एसएसपी खरेलको संयोजकत्वमा छानविन समितिनै बनाएको थियो । छानविन समितिको प्रतिवेदनका आधारमा एक प्रहरी इन्स्पेक्टरसहित १९ जना प्रहरीलाई हेडक्वार्टरले कारवाही गरेको थियो । गाँजा खेतीमा संलग्न समात्न सो समयमा असफल बनेको प्रहरीले एक महिनापछि धरानबाट सन्तोष राईलाई पक्राउ गरेका थिए । त्यसपछि पनि प्रहरीले गाँजा खेतीमा संलग्नको खोजीलाई निरन्तरता दिएको थियो । १५ सयमा किनेर ३ हजारमा विक्रि हुन्छ इलाका प्रहरी कार्यालयका धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार भारतीय मुलका गाँउघरमा डुलाएर कपडालगायत घरायसी सामान साईकलमा डुलाएर बेच्नेहरुले गाजा किन्ने गर्छन् । उत्त गाजा भोजपुर, धनकुटाबाट आएको गाजा उनीहरुले धरानमा १५ सय ÷दुई हजारमा खरिद गरि भारत लगेर ३ हजारदेखि पाँच हजारसम्म गाजाको गुणस्तर अनुसार विक्रि हुने गरेको छ । साउन ६ जना पक्राउ परे पछि तस्करहरुले रुट परिवर्तन गरि छिन्ताङ, आले, विष्णुपादुका हुदै धरान गाँजा भित्राउने गरेको श्रोतले बताएको छ । उक्त रुट तस्करहरुका लागि सुरक्षित मानिदै आएको थियो । महिलाहरुलाई आयत गर्न सजिलो हुने प्रहरीले संका नगर्ने भएर तस्करहरुले नै महिलाहरुलाई प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय साना कपडा व्यापारी किन्छन् गाँजा भोजपुरको हसनपुर र धनकुटाको छिन्ताङबाट विष्णुपादुका हुदै धरान ल्याएर मंगलबारमा विक्रि वितरण हुने गरेको छ । ‘साईकलमा सामान बेच्ने भारतीय व्यापारीहरुले मगाउदा रहेछन् । ती बेपारीहरु पहिचानका लागि खोजी गरिरहेका छौ ।’–खतिवडाले भने–‘गाँजा ल्याउने पक्राउ परे पनि धरानबाट किनेर भारत लैजाने व्यापारी भने पहिचान भएको छैन् । अनुसन्धान शुरु गरिसकेका छौ ।’ उनीहरुले प्रयोग गर्ने नयाँ बाटो पहिचानका लागि प्रहरी परिचालन गरिएको उनले बताए । व्यापारीको पशुपतिको यात्रा सिद्राको व्यापार साईकलमा कपडा बेच्नहरु प्राय भारतीय मुलका पाईन्छन् । उनीहरुलाई गाउ गाउमा कपडा बेच्यो फर्कदा कपडाभित्र गाजा पोको पारेर विराटनगर हुदै जोगमनी र सनुसरीको भण्टाबारीबाट भारत लैजाने गरेको पाईएको छ । भारतको शहर्षा घर बताउने एक जना साईकलमा कपडा बेच्ने व्यापारीले नाम नवताउने सर्तमा भने–हामी त यस्तो काम गर्दैनौ तर केही साथीहरु गाँजाको धन्दा गरिरहेका छन् । दिनभरी कपडा बेचेर बेलुका फर्कदा धरानको मंगलबारेबाट गाजा लिएर कपडाभित्र एक केजीका पोका लिएर जाने गरेका छन् ।’ उनका अनुसार पहाडबाट उतैका मान्छेले गाँजाका स–साना पोका पारेर मंगलबारेसम्म ल्याउने गरेका छन् । साँझको समय मंगलबारे चौक नजिकको चौरीबाट गाजा खरिद गरेर लाने गरेका छन् । भारतमा ३ हजारदेखि ५ हजारसम्ममा विक्रि हुने गरेको उनले बताए । पहाडबाट ल्याउने तस्करहरुले उनीहरुलाई १५ सयदेखि दुई हजारसम्मा दिने गरेको समेत उनले बताए । तस्कर पक्राउ गर्न प्रहरी असफल धरानमा गाँजा खरिद विक्रि हुने गरेको प्रहरीले थाहा पाए पनि धरानबाट खरिद गरेर भारतीय बजारमा पु¥याउने तस्करहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । प्रहरीले गाडीको बाटो धनकुटा हुदै धरान आउने रुट तथा विष्णुपादुकाको रुटबाट ल्याउन रोके पछि तस्करहरुले अर्को नयाँ बाटोबाट धन्दा धने संचालन भईरहेको छ । ती भारतीय व्यापारीका अनुसार अहिले पनि धरानमा गाजा किनबेच भईरहेको छ ।