धरान / विपी प्रतिष्ठान भित्र लागुऔषधको कारोवार हुने गरेको पाईएको छ । केहि दिन यता लागुऔषधसहित युवाहरु पक्राउ पर्न थालेपछि यो विषय वाहिरिएको हो ।
प्रतिष्ठानको सुरक्षा व्यवस्था सम्हाल्दै आएको केटिएमका व्यवस्थापकमा पुर्व प्रहरी अधिकारी दिलिप श्रेष्ठ आएसँगै लागुऔषधसहित युवाहरु प्रतिष्ठान हाताभित्रवाट समातिन थालेका हुन् । आईतवार राति गाईनो वार्ड नजिकको चमेना गृहवाट लागुऔषध टिडी जेसिक पाँच सेटसहित दुई युवा समातिएका छन् । पक्राउ पर्नेमा धरान १९ का अनिल राई र संजय गुरुङ रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरि शनिवार दिउँसो पनि व्वाईज होस्टेलमा गाँजा विक्रिका लागि पुगेका धरान १७ का युनान विकलाई समातेर प्रहरीको जिम्मा लगाएको श्रेष्ठले वताएका छन् ।