विराटनगर / पूर्वक्षेत्रीय प्रहरी कार्यालयले २०७३ साल भाद्र महिनाको “पुलिस अफ द मन्थ“ बाट प्रहरी हवल्दार भक्त बहादुर बिष्टलाई पुरस्कृत गरेको छ। [caption id="attachment_16164" align="alignnone" width="519"]police of month पुलिस अफ दि मन्थ बनेका हवल्दार विष्ट ।[/caption] विराटनगरस्थित अक्सफोर्ड होस्टलका संचालकको हत्यामा संलग्न तीन जनालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विष्टलार्इ पुरस्कृत गरेकाे हाे । सुनसरी औरावनी-५ घर भई विराटनगर-१३ मा अक्सफोर्ड होस्टेल संचालन गरी बसेका १९ वर्षिय विनोद यादवलाई गतभाद्र २० गते राती धारीलो हतियारले हत्या गरी टाउको र दुबै घुँडा मुनिको भाग टुक्रा-टुक्रा पारी बोरामा प्याक गरिएको अवस्थामा भाद्र २१ गते विहान शव फेला परेको थियो। यादवको हत्या पश्चात फरार भएका तीन युवकहरुलाई प्रहरीले १२ घण्टा नबित्दै सिमा क्षेत्रबाट पक्राउ गरेका थिए। यादवको हत्यामा संलग्नहरु पक्राउ गर्ने कार्यमा प्रहरी हवल्दार विष्टले निर्वाह गरेको भूमिकाको कदर गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहनकालागी उनलाई २०७३ साल भाद्रमहिनाको उत्कृष्‍ट प्रहरी घोषणा गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। “पुलिस अफ द मन्थ” बाट पुरस्कृत प्रहरी कर्मचारीहरुको फोटोसहित उनीहरुले गरेको कामको विवरण पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको प्राङगणमा निर्माण गरिएको रिफ्लेक्सन स्ट्याण्डमासमेत राखिएकाे छ ।