ताप्लेजुङ/ताप्लेजुङको सुकेटारबाट सदरमुकाम तर्फ आउँदै गरेको जिप सोमबार विहान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । मे १ ज ३६० नंबरको जीप ताप्लेजुङ नगरपालीका ६ स्थित सुकेटार ताप्लेजुङ सडक खण्डमा दुर्घटनामा पर्दा जिप चालक इलाम जमुना ८ का १८ वर्षीय तुलसी भण्डारी, सोहि स्थानका सहचालक १७ वर्षीय प्रविण खतिवडा, ताप्लेजुङ लिङखिम ६ का ३० वर्षीय विपना लिम्बु र उनका नाम नखुलेका दुई वर्षीय छोरा घाईते भएका हुन ।

चालक भण्डारीको अबस्था गम्भिर रहेको छ भने अन्यको सामान्य अबस्थामा जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । जिप सडक बाट करीव ५० मिटर तल खसेको थियो । दुर्घटना विहान करीव साडे ६ बजे भएको थियो ।