भद्रपुर/स्वर्गद्धारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढीको तेस्रो वार्षिक साधारण सभा शनिवार चन्द्रगढीमा सम्पन्न भएको छ ।झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालकोे प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका अध्यक्ष गोपाल बहादुर थापाले संगठनको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

20161001_114259

संस्थाले १७ लाख ८२ हजार १३ रुपैया आम्दानी तथा १६ लाख ३७ हजार पाँच सय ९४ रुपैया खर्च भई १ लाख ४४ हजार ४ सय १८ रुपैया नाफा भएको प्रतिवेदनमा प्रस्तुत् गरिएको थियो । सहकारीमा हालसम्म ८ सय २२ जनावाट ३२ लाख ६ हजार एक सय शेयर पूँजी रहेको छ । संस्थाका सदस्य तथा समुहिक रुपमा कृषि कार्यको लागी उपयुक्त प्रस्तावना सहित कर्जा माग गरेमा औचित्यको आधारमा आयोजनाको कुल लागतको ८० प्रतिशत सम्म लगानी गर्ने कार्यक्रम संस्थाले अघि सारेको छ ।

संस्थाका अध्यक्ष थापाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पुर्ण सहकारीको तर्फवाट झापा सामुदायीक बचत तथा ऋण सहकारीका अध्यक्ष विवेक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा व्यवस्थापकवाट विदा लिएका खेम दाहाललाई प्रशंसा पत्र तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सहसचिव प्रकाश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा छत्रप्रसाद अधिकारीले स्वागत गरेका थिए । आगामी कार्यकालका लागी दोस्रो शत्रवाट नयाँ कार्यसमिति छनौट हुने आयोजकले जनाएको छ ।