विजयपुर/नेपाल फिजीकल टेनिङ एसोसिएन पुर्वाञ्चलले ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्कि र बरिष्ट पत्रकार हर्ष सुब्बालाई अभिनन्दन गरेको छ । एसोसिएसनले खोज पत्रकारीतामा सक्रिय रहेको भन्दै ब्लाष्ट टाईम्स दैनिक तथा ब्लाष्ट खबरका समाचार सम्पादक योगेशबाबु काफ्ले,बाबुराम सुबेदी र शुक्रबार साप्ताहिकका गोपाल दाहाललाई बिषेश सम्मान गरेको छ ।
फोटो पत्रकारीताका माध्यमबाट समाजमा योगदान पु¥याएको भन्दै ब्लाष्ट टाईम्स दैनिकका फोटो पत्रकार उपेन्द्र चाम्लिङ, तथा पत्रकारीताको माध्यमबाट समाज परिबर्तनगर्न सक्रिय रहेको भन्दै बिजयपुर एफका रणध्वज लोहारलाई पनि एसोसिएसनले सम्मान गरेको छ । पत्रकारीताका माध्यमबाट जनतालाई सुसुचित गर्ने अभियानमा सक्रिय रहेको भन्दै न्युज २४ टेलिभिजनका पुर्वाञ्चल ब्युरो प्रमुख सन्तोष काफ्ले र मकालु टेलिभिजनका दिनेश गजमेर र पुर्बि खबरका त्रिलोचन पौडेलर्लाइ समते सम्मान गरेको छ ।खेल क्षेत्रमा निरन्तर योगदान पु¥याएको भन्दै ब्याडमिन्टन सघंका उपाध्यक्ष चन्द्रशेखर लामालाई पनि बिषेश सम्मान गरिएको थियो । देशमा प्रजातन्त्र स्थापनागर्न पञ्चायती ब्यबस्थालाई ठडो चुनौती दिदै संर्घष गर्ने तथा पत्रकारीताको माध्यमबाट सभ्य समाज निर्माणका लागि अहोरात्र संर्घष गरेको भन्दै एसोसिएसनले ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किलाई अभिनन्दन गरेको हो ।
प्रधानसम्पादक कार्किलाई ससस्त्र प्रहरी बल का पकलि स्थित गणका डिआइजी सुरजकुमार श्रेष्ठ,एसोसिएसनका क्षेत्रिय अध्यक्ष पर्बत राई केन्द्रिय अध्यक्ष मिनराज गुरुङ लगायतले सामुहिक रुपमा अभिनन्दन गरेका थिए । बरिष्ट पत्रकार हर्ष सुब्बालाई पनि पत्रकारीता क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै अभिनन्दन गरिएको थियो । सुब्बार्लाइ पनि डिआईजी श्रेष्ठ,क्षेत्रिय अध्यक्ष राई,केन्द्रिय अध्यक्ष गुरुङ लगायतले अभिनन्दन गरेका थिए । कार्कि र सुब्बालाई नेपाली टोपी,दोसल्ला तथा नगदले अभिनन्दित गरिएको थियो । बिषेश सम्मान तथा सम्मान पाउनेहरुलाई दोसल्ला तथा नगद सहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा पुर्बाञ्चल क्षेत्रिय सुधार केन्द्र (आसारा)लाई ५० हजार रुपैया सहयोग समेत गरिएको थियो ।
एसोसीएसनका क्षेत्रीय अनुगमन समितीका अध्यक्ष नगेन्द्र केरुङ तथा पाथीभरा ट्रनिङ सेन्टरले २५–२५ हजार रुपैया केन्द्रका संयोजक मनोजकुमार मेन्याङबोलाई प्रदान गरेका थिए । कार्यक्रममा लोकतान्त्रिक समाज धरानका अध्यक्ष सुजेन्द्र तामाङ,नेपाली काङग्रेश क्षेत्रिय समितीका पुर्व सभापती चन्द्रप्रसाद श्रेष्ठ,एसोसिएसनका काठमाण्डौ क्षेत्रका अध्यक्ष श्याम तामाङ तथा पोखरा क्षेत्रका अध्यक्ष धनराज गुरुङ,सुनसरी उद्योग बाणिज्य सघंका निर्बतमान अध्यक्ष सरोज श्रेष्ठ,होटल एसोसिएसन अफ नेपालका सदस्य द्धय जितेन्द्र रुम्दाली र लिलाराज लावती लगायतको उपस्थिती रहेको थियो । भेडेटार स्थित नाम्जेमा आयोजीत एसोसिएन केन्द्रीय समितीको पाँचौ साधरण सभाको अवसर पारेर अभिनन्दन तथा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी ससस्त्र प्रहरी बल पकलीका डिर्आजी सुरजकुमार श्रेष्ठले एसोसिएनले अहिले गरिरहेको कार्यले स्वस्थ नागरिक र स्वच्छ समाज निर्माणमा पु¥याएको योगदान सराहनीय रहेको बताए । कार्यक्रममा बोल्दै क्षेत्रिय अध्यक्ष पर्वत राईले एसोसिएनले समाजीक उत्तरदाईत्व समते बहन गर्दै आएको बताए । बाढि पिडित,भुकम्प पिडीतका साथै मुटु तथा मृगौलाको रोगबाट समस्यमा परेका हरुलाई आफुहरुले निरन्तर सहयोग पु¥याउदै आएको उनले बताए । निम्न आयस्तर भएका बिद्यार्थीहरुलाई छात्रबृद्धि दिएर पढाई रहेको समते उनले जानकारी दिए । कार्यक्रममा क्षेत्रय उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए भने केन्द्रिय महासचिब राजेश पाख्रिनले कार्यक्रम सञ्चालन गरेका थिए ।