भद्रपुर/ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुर इकाइले आयोजना गरेको रक्तदानमा ५० जनाले रगत दान गरेका छन् । इकाइको २५ औं स्थापना दिवसको अवसर पारेर विहिवार कार्यालयमा गरिएको रक्तदानमा दुइ महिला सहित ५० जनाले रगत दान गरेका हुन् ।

rakta

चाड पर्वमा हुन सक्ने घट्नालाई समेत मध्यनजर गरी इकाइले आयोजना गरेको कार्यक्रममा रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो । इकाइका अध्यक्ष महेश न्यौपानेको सभापतीत्व तथा केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर १ का प्रमुख पुरुषोत्तम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इकाइका उपाध्यक्ष निरज पोखरेलले रगत दान गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सचिव रमेश पोखरेल,भद्रपुर जेसीसका अध्यक्ष भरत पसाई,केन्द्रिय सचिव पर्वत कार्की, इकाइका पुर्व अध्यक्ष लोकनाथ भट्टराई लगायतले वोलेको कार्यक्रममा इकाइका सचिव महेन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।