भद्रपुर /चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधिलाई रोकथाम तथा नियन्त्रण गर्ने उदेश्य राखेर भद्रपुरमा बृहत्त अन्तरक्रिया कार्यक्रम गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरको आयोजनामा विहिवार विहान नगरपालिका,नागरिक समाज,विभिन्न पार्टी प्रतिनिधी,उद्योगी–व्यवसायी, पत्रकारलगायतविच अन्तरक्रिया सम्पन्न भएको हो ।
विशेष गरि बडा दशै,शुभ दीपावली तथा छठ पर्वको समयमा कानुनले निषेध गरेका कृयाकलाप गर्न नगराउन सोकारवाला पक्ष राखी समाजमा जानकारी पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख तथा इनिस्पेक्टर राजन कुमार न्यौपानेले बताए । मुख्यगरी वैंक, सुन पसल,भिडभाड बजारमा लुटपाट हुनसक्ने घट्नालाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा प्रहरी गस्ती निरन्तरता दिई लागु औषध, सामाजिक अपराध,मादक पदार्थ सेवनगरी होहल्ला तथा सवारी चलाउने गतिविधि साथै सिमा अपराधलाई प्रहरीले रात दिन विभिन्न प्रकारका गस्ति गरिने इनिस्पेक्टर न्यौपानेले बताए ।
समाजमा हुनसक्ने नराम्रा गतिविधीलाई सवै क्षेत्रले सहयोग गरी भद्रपुर लगायत झापालाई शान्तीपुर्ण बनाई राख्न न्यौपानेले अनुरोध गरेका छन् । प्रायः चाड पर्वको समयमा मादक पदार्थ सेवन गरी महिला हिंसा, आर्थिक तथा रोगीका कारण आत्म हत्या, सवारी दुर्घट्नामा बृद्धि हुने भएकोले यस तर्फ ध्यान दिनु जरुरी रहेको कार्यक्रममा छलफल भएको थियो । नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले खुल्ला सिमाना भएकोले भारतवाट घरायसी सामानमा सहुलियत गरिनुपर्ने सुझाव दिएका थिए । भद्रपुर सार्वजानिक दुर्गापुजाका अध्यक्ष हुलास चन्द्र सरियाले पुजाको समयमा ट्राफिक व्यवस्थापनमा सरल तथा चेक जाँचमा व्यवहारिक हेरिनु पर्ने उल्लेख गरेका थिए ।
तराई मधेश लोकतान्त्रिकका अध्यक्ष शुसिल अग्रवालले भिड वजारमा प्रहरीको सवारी साधन तिब्र गतिमा चलेकोमा आपत्ती जनाएका थिए । तिब्रगतिमा सवारी चलाउनेलाई कानुन बमोजिम कारवाही गरि सिफारिसका आधारमा नछोड्न उनले प्रहरीलाई सुझाव दिएका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी,विभिन्न संघ संस्था, राजनैतिक दल ,संञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।