
धरान/ग्यास लिक भएर आगलागी हुँदा धरान–९ स्थित गौतमपथका ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । बूढासुब्बा फ्रेस हाउसबाट शुरु भएको आगलागीमा परी चारवटा मासु पसल, एउटा साइकल मर्मत केन्द्र र झोलासहितको ताला पसल जलेर नष्ट भएको छ । करीब ५० लाख रुपैयाँबराबरको क्षति भएको स्थानीयवासीले अनुमान गरेका छन् । तर, प्रहरीले भने ३ करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरेको छ ।किशोर श्रेष्ठद्वारा सञ्चालित बूढासुब्बामा कुखुराको मासु बेच्ने क्रममा मासु पोल्नलाग्दा लिकेज भएको ठाउँ रेगुलेटरमा आगो बलेर श्रेष्ठकी श्रीमती छाडेर भागेबित्तिकै आगो पैmलिएको थियो । ‘मासु पोल्न लाग्दा एक्कासी रेगुलेटरमा बल्न थालेछ ।
त्यसपछि डरले श्रेष्ठकी श्रीमती छाडेर भागिछन्’, श्रेष्ठसँग प्रत्यक्ष कुराकानी गरेका धरान–९ का बिपत् व्यवस्थापन समितिका अध्यक्ष रत्न कटुवालले ब्लाष्टलाई भने ‘त्यसपछि आगो शुरु भएको रहेछ ।’ आगो करीब ३ बजेर २० मिनेट जाँदा शुरु भएको थियो । आगो नियन्त्रणमा ल्याउनको लागि धरान, इटहरी र इनरुवासम्मको दमकल प्रयोग भएको थियो । तत्कालै दमकल आएका कारणसमेत अन्य घरमा थप क्षति हुन पाएन ।नेपाल प्रहरी, स्थानीयवासी र वारुणयन्त्रका कर्मचारीको सहयोगमा करीब एक घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । बोगटी सु सेन्टरका सञ्चालक विमल बोगटीका अनुसार उक्त ठाउँमा किशोर श्रेष्ठ, अरुणा बास्तोला, राजेश श्रेष्ठ र भूपालमान शाक्यको कुखुरा र बङ्गुरको मासु पसल सञ्चालनमा थियो । कृष्ण शाक्यको साइकल मर्मत केन्द्र र अब्बास अन्सारीको झोला तथा ताला पसल पनि सञ्चालनमा रहेको उनले बताए ।
बूढासुब्बाका सञ्चालक श्रेष्ठले आÏनो पसलबाट ५ लाख रुपैयाँबराबरको क्षति भएको एक प्रहरीलाई बताएका थिए । उक्त पसल टीनले छाएको थियो । आगोको कारण दक्षिणतर्पm रहेको बेला श्रेष्ठको घरको भ्mयालका शिशाहरु जलेका छन् भने कोठालाई समेत सामान्य क्षति पु¥याएको स्थानीय व्यवसायी मेहरलाल श्रेष्ठले बताए ।