विराटनगर/ तेह्रथुमस्थित माउन्ट मकालु डेभलपमेन्ट बैङ्कको २५ लाख रुपैयाँ विराटनगरमा लुटिएको छ । बैङ्कबाट पैसा निकालेर बाहिर निस्किँदै गर्दा बुधहाट चोकमा अपरिचित व्यक्तिले शरीरमा काउसो खन्याएको र आपूmले बोकेको झोला गाडीमा राखेर काउसो सफा गर्न लाग्दा सो व्यक्तिले झोलामा रहेको रकम लिएर भागेको विराटनगरमा रहेका बैङ्कका कर्मचारी लिम्बूले टेलिफोनमा बताए ।
माछापुछ्र बैङ्कबाट पैसा निकालेर दशैंका लागि खुद्रा नोट साट्न राष्ट्र बैङ्कतिर जान लाग्दा उक्त घटना भएको बैङ्कका कार्यकारी अधिकृत कुमार खड्काले जनाए । आगामी दशैं तिहारका लागि खुद्रा नोट साट्न बैङ्कको को. १ त ८०१९ नम्बरको गाडी लिएर कर्मचारी लिम्बूसहित चालक वीरबहादुर लिम्बूलाई त्यसतर्प पठाएको बैङ्कले जनाएको छ ।
मोरङका डिएसपी योगेन्द्रपसिंह थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनालगत्तै विराटनगरबाट बाहिरिने नाकाहरुमा कडाइ गरिएको उनले बताए ।