भद्रपुर/ झापा जिल्ला बजार अनुगमन समितिले चाडपर्वलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रका बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने भएको छ ।जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा सोमवार बसेको बजार व्यवस्थापन तथा अनुगमन एवम मुल्याकन समितिको बैठकले बजारमा हुने सक्ने अभावलाई सहज तथा सरल बनाउन सरोकारवालासंग भएको छलफलमा अनुगमनलाई तिव्रता दिने भएको हो ।

20160926_135850

बैठकले नेपाल साल टेडिङ्ग कर्पोरेशनले उपभोक्तालाई मध्यनजर गरी प्रचारप्रसार तिव्र बनाउने, माछामासु जन्य वस्तु साविकको मुल्य कायम राख्ने, नगरपालिकाको कार्यकारी अधिकृतको संयोजकत्वमा नगर क्षेत्र भित्र अनुगमन तिव्र बनाउने, सरल र सुलभ रुपमा सामाग्री उपल्बध गराई कानुनले निषेध गरेका निषेधीत वस्तु बिक्री वितरण रोक लगाउने, सढेगलेका मासु तथा खाद्यन्न सामाग्री बिक्री गर्ने व्यापारीलाई तत्काल कानुन बमोजिक कार्यवाही गर्ने निर्णय गरेको छ ।त्यस्तै चाडपर्वमा यातायात सवारीसाधनको बढी चाप हुने भएकोले यातायात व्यवस्था कार्यालय मेची, जिल्ला टाफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको संयुक्त छलफल गरी समस्या सामाधान गर्ने लगायतको बिषयमा निर्णय भएको झापा जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाले बताए ।यातायात व्यवसायीहरुले सुगम क्षेत्रमा मात्र यातायात थप्ने गरेकाले ग्रामीक क्षेत्रका यात्रुका चापलाई वास्ता नगरेको टाफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले बताए ।

लामो तथा छोटो दुरीका यातायातलाई कसरी सहज बनाउने भन्ने बिषयमा टाफिक प्रहरी सहयोगिको भुमिका निर्वाह गर्न गिरीले बताए । झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले झापाको दक्षिणी क्षेत्र सवै दृष्टिकोणवाट पछि परेकोले तत्काल सडक मर्मत गरी सवारी साधन थप गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा पशु सेवा कार्यालय,झापा उद्योग बाणिज्य संघ,यातायात व्यवसायी,घरेलु तथा साना उद्योग,उद्योगी,व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेतापनि उपभोक्ता हित संरक्षण मञ्चको उपस्थिती नदेखिएकोमा सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले गुनासो गरेका थिए । अनुगमनको क्रममा नआउने पछि कुरा गर्ने परिपाटी मञ्चको रहेको उनले बताए ।