pakrau-chorबिर्तामोड /  नक्कली बिल बनाएर ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल चिया विकास निगमका एक कर्मचारी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-१ बस्ने गुणराज श्रेष्ठ छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीका अनुसार विद्युत् महसुलको फर्जी बिल बनाएर श्रेष्ठले रकम ठगी गरेका हुन् । रकम ठगी गरेको उजुरीपछि प्रहरीले श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ । तीनवटा आर्थिक वर्षमा नेपाल चिया विकास निगम बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुल बापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा ३९ लाख ९१ हजार ५ सय ३४ रुपैयाँ बढीको फर्जी बिल बनाएर ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इप्रका बिर्तामोडका डिएसपी खत्रीले बताए ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।