धरान/ केटीएम सेक्युरिटीकी महिला सुरक्षा गार्डमाथि भएको यौन दुव्र्यवहार प्रकरणमा आपूmले मिलापत्र नगराएको महिला सञ्जाल धरानले स्पष्ट पारेको छ ।सञ्जालले घटनालाई न्यायिक निकायसम्म पु¥याउने प्रयास गर्दा पनि पीडितले नै मिलापत्रमा हस्ताक्षर गरेको कारण यसमा आपूmहरुको कुनै भूमिका नरहेको आइतबार पत्रकार सम्मेलन गरी प्रष्ट पारेको हो । यस घटनामा आपूहरुलाई विभिन्न बहानामा फँसाउने र आरोपित गर्ने कार्य भएको अध्यक्ष शिला बज्राचार्यले बताइन् । ‘वास्तविकताभन्दा फरक ढङ्गले भएको प्रचारलाई सञ्जालका विरुद्धको प्रचारका रुपमा हामीले लिएका छौँ ।’ प्रेस सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गरेको तर घटनामा विभिन्न शक्तिहरु लागेको उनीहरुको आरोप थियो । सिडिओको उपस्थितिमा भएको छलफलमा सञ्जालले कुनै भूमिका नखेलेको उल्टो पीडितले नै चित्त बुझाएर सहमतिपत्रमा हस्ताक्षर गरेको अध्यक्ष बज्राचार्यले बताइन् । सहमति हुँदा केटीएमका प्रमुख साहले घटनाको जिम्मेवारी लिएर माफी मागेको र आइन्दा यस्तो घटनासमेत नहुने प्रतिबद्धता गरेपछि पीडित सहमत भएको उनले बताइन् । घटनामा केही पक्षले चलखेल गरेका कारण आपूmहरुलाई नियोजित ढङ्गले फँसाइएकोसमेत उनीहरुले आरोप लगाए । सञ्जालले यस घटनामा आपूmहरुको कमजोरी नभएकोसमेत स्पष्ट पारेको छ ।