धनकुटा/ धनकुटा वजारलाई सुन्दर वनाउने उद्देश्यले जिल्लामा क्रियाशिल उधोगी महिलाहरुले एक घर दुई विरुवा वितरण अभियान आइतवार देखी शुरु गरेका छन् ।धनकुटा मिसन मुस्कान धनकुटामा आवद्ध उधोगी महिलाहरुले धनकुटाको मदनचौक देखि भिमनारायण चौक सम्म एक घर दुई विरुवा वितरण गरेका हुन् ।

dhankuta

धनकुटा बजारको सौन्र्दयता वढाई पर्यटकहरुलाई जिल्लामा वढि मात्रामा भित्र्याउने उद्देश्यका साथ एक घर दुई विरुवा वितरण गरिएको धनकुटा मिसन मुस्कानका अध्यक्ष कुसुम राना मगरले वताइन । धनकुटा वजारका हरेक घरमा दुई÷दुई वटाका दरले धुपीका विरुवा वितरण गरिएको अध्यक्ष रानाले वताएका हुन । वितरण गरिएका विरुवा भने घरधनीले गमलामा सजाएर रोप्नु पर्ने छ । उक्त अभियान सफल पार्नका लागी धनकुटा मिसन मुस्कानलाई जिल्ला वन कार्यालय धनकुटा र जिल्ला भु–संरक्षण कार्यालय धनकुटाले ६ सय धुपिका विरुवा उपल्बध गराएको छ ।

वितरण गरिएको विरुवा सहि रुपमा सदुपयोग भए नभएको समेत समय समयमा अनुगमन समेत गरिने सचिव रिता राईले वताईन । धुपिका विरुवा जिल्ला वन कार्यालय प्रमुख कृष्णप्रसाद वस्ती, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, जनविश्वास साप्ताहिका प्रकाशक अध्यक्ष सञ्जयसन्तोषी राई, मिसन मुस्कान धनकुटाकी अध्यक्ष कुसुम राना,उपाध्यक्ष रेणु श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरुले वितरण गरेका थिए । धनकुटामा धनकुटा मिसन मुस्कानले पत्रकार सम्मेलन गरि विरुवा रोप्ने अभियान सहित संस्थाकोे कार्ययोजनाको वारेमा जानकारी गराएको छ ।

जिल्लाको फरक पहिचान दिनका लागी उक्त संस्थाले धनकुटा बजारका चौक, हटिया,मन्दिर र बसपार्क लगायतका क्षेत्रमा नियमित सरसरफाई गर्ने, धनकुटाका सवै घरमा नेपालको राष्ट्रिय झण्डा र पेन्टिङ्ग चित्र राख्ने, मदनचौक देखि भिमनारायण चौक सम्म तोरण लगाउने, सडकको विभिन्न चौकमा विशिष्ट व्यक्तिहरुको तस्बिर राख्ने तथा सडकका ठाउँ ठाउँमा विभिन्न आकृतिका मुर्ति मनाएर राख्ने, धनकुटामा स्वागत गेट वनाउने, धनकुटा आउने पर्यटकहरुलाई सहज सवारी व्यवस्थापनमा सहयोग गर्ने जस्ता २० वटा कार्यहरु गर्ने गरी पत्रकार सम्मेलनमा पर्यटन प्रवद्र्धनका योजनाहरु सार्वजानिक गरिएको छ ।