धनकुटा/ आईतवार विहान परेको अविरल वर्षाको कारण स्थानिय खोलामा आएको बाढिले बगाएर धनकुटाको चुङमाङ–२ मा एक बालकको ज्यान गएको छ । घरबाट विद्यालय जानेक्रममा स्थानिय ज्यामिरे खोलाले बगाएर स्थानीय रमेश योञ्जनका ६ वर्षिय छोरा दिपेन योञ्जन तामाङको ज्यान गएकोे धनकुटाको हिलेमा कार्यरत स्थानिय संचारकर्मी मानवी मोक्तानले ब्लाष्टलाई वताईन ।

b

बालक चुङमाङ गाविस वडा नं.२ मा रहेको बाल शिक्षा प्राथमिक विद्यालयमा १ कक्षामा अध्ययनरत थिए । उनी दाजु दिनेश योन्जनसंग विद्यालय आउने क्रममा खोलामा आएको वाढीले बगाएर बेपत्ता भएका थिए । उनलाई घटनास्थलबाट ३ सय मिटर टाढा मृत अवस्थामा फेला पारिएको थियो । वालकको लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा ल्याएको प्रहरीले जनाएको छ ।