पाँचथर/ जिल्लाको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना हेंवा खोलामा डुबेर एक वालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फिदिम नपा–४, थापाटार बस्ने रेशम कटुवालका छोरा वर्ष ८ का रिसव कटुवाल रहेका छन् ।
बुधबार खोलापारिबाट खोलावारि (घर) आउँने क्रममा ढुंगाबाट चिप्ली उनी खोलामा डुबेको प्रहरीले जनाएको छ । हालसम्म रिसवको अबस्था पत्ता लाग्न सकेको छैन ।
घटनाबारे जानकारी पाउँनासाथ सदरमुकामबाट उद्धार सामग्री सहित प्रहरी टोली घटनास्थल पुगी खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको हेंवा खोला र तम्मर नदी आसपासमा खोजी कार्य भइरहेकोे छ ।