इटहरी / अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले तीज जना श्रष्ठालाई नगद सहित सम्मान गरेको छ । शनिबार आयोजित साधारण सभा, तथा सम्मान कार्यक्रममा हाँस्यकवी एवम् साहित्यकार डम्वर घिमिरे र साहित्यकार तथा पत्रकार श्रीशिशा राईलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यसै गरी प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेले आफ्ना दाजु स्वर्गीय हरिप्रसाद घिमिरेका नाममा प्रतिष्ठानमा ५० हजार रुपैयाँको अक्षयकोष राखेका छन् । यसै गर्षदेखि सो रकमको व्याजबाट श्रष्टा सम्मान गर्ने कार्यक्रम अनुसार साहित्यकार वियोग सापकोटालाई स्वर्गीय हरिप्रसाद घिमिरे स्मृति पुरस्कारबाट सम्मान गरियो । सम्मान सहित उनलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा अध्यक्ष घिमिरेले अक्षयकोषको घोषणा गर्दै यसै वर्षदेखि सम्मान तथा पुरस्कार प्रदान गर्न थालिएको पनि जानकारी दिए । इटहरी उपमहानगरपालिकाको साँस्कृतिक सभाहलमा भएको कार्यक्रममा संस्थाका संस्थापक जीवी लुगुन, प्राज्ञ उपेन्द्र पागल सहित साहित्य क्षेत्रका विशिष्ट व्यक्तीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वका साहित्यकारहरुले कविता वाचन गरेका थिए ।