भद्रपुर/दुर्लभ जातको सानो आकारको कमन पाइथन नामको अजिङगर बुधवार बेलुका झापाको भद्रपुरमा फेला परेको छ । भद्रपुर नगरपालिका ५ का लक्ष्मण प्रधानको घरको आगनमा रहेको कदमको रुखमा अजिङगर फेला परेको हो । ४० फिट अग्लो रुखमा फेला परेको अजिङगरलाई आधा घण्टा लगाएर जिल्ला वन कार्यालय झापाका कर्मचारीले सुरक्षित साथ नियन्त्रणमा लिएका थिए ।

agingar

अन्दाजी ३ इन्च गोलाई र साढे ५ फिट लम्बाई, १० केजी तौल भएको अजिङगरलाई वनका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

अजिङगरलाई चन्द्रगढी सामुदायिक वनमा लगेर छाडिदिने वनका कर्मचारी रामनाथ यादवले जानकारी दिए । गुडमा चरा कराउन थालेपछि घरका सदस्यले अजिङगर देखपछि स्थानीयलाई हल्ला गरेका थिए । मेचीमा आएको बाढीको बेला पहाडबाट पानीसगै अजिङ्गर आएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।