भद्रपुर/भदौ झापाको मेचीनगर १ स्थित निन्दा खोला नजिकै गएराती एक व्यक्तिको हत्या भएको छ ।हत्या गरेको आरोपमा प्रहरीले झापा चन्द्रगढी १ हाल भद्रपुर १३ का ३६ बर्षिय नेत्र गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार मध्यरातमा अन्दाजी ५० बर्षिय व्यक्तिलाई गाडीमा प्रयोग हुने फलामे पत्तिले अनुहारमा प्रहार गरी हत्या गरिएको झापाका एसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

hatya

अनुहारमा गम्भिर चोट लागेकोले हत्या भएको व्यक्तिको पहिचान खुल्न नसकेको एसपी क्षेत्रीले बताए । पक्राउ परेका गिरीले मादकपदार्थ सेवन गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गिरीलाई इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।