विजयपुर/दुई चार जना मान्छेका अगाडि गएर बोल्नु पर्दा थर्रथरी काम्ने सुककला राईले अब भने माईक समातेरै बोल्न सक्ने भएको सुनाउछिन् । उनीमात्र हैन मनोजकुमार गुप्ताले पनि स्टेजमा गएर बोल्न सक्ने भएको मा खुसि ब्यक्त गरे ।
अगाडि गएर बोल्न नसक्दा पनि आफै सधै हारेको अनुभब हुदो रहेछ,हाम्रो कोशी आवाज साप्ताहीक पत्रिकाले आयोजना गरेको स्टेज तथा रेडियो उद्घोषण तालिमको समापनमा अनुभब सुनाउदै गुप्ताले भने ‘अब त बोल्न मात्र हैन भाषण नै गर्न सक्छु भन्ने हिम्मत आएको छ ।’तालिममा सहभागि कोपीला कार्कीले पनि तालिमले आफुहरुमा आत्माबिश्वास बढाएको बताईन् । ‘भाती पुर्याएर बोल्न सक्ने भएका छौ,यो नै हाम्रोलागि ठुलो सफलता हो उनले भनिन् ।
अर्को सहभागि सत्यनारायण यादबले त अरुको अगाडि बोल्न नसक्दा लाटो जस्तो हुनु परेको भन्दै अब आफु बाठो भएको अनुभब भएको सुनाए । एक महिना सम्म चलेको तालिमको बुधबार समापन गरिएको थियो । आयोजक समितीका संयोजक तथा प्रशिक्षक तिर्थ कार्कीका अनुसार एक महिनाको अबधिमा सहभागिहरुलाई बिभिन्न शिर्षकमा बोल्नका लागि वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
ति प्रतियोगिताका बिजेताहरुलाई समापनको अवसरमा पुरस्कार पनि प्रदान गरिएको थियो । स्टेज तथा रेडियो उद्घोषण तालिमको समापनको अवसरमा कार्यक्म संयोजक तथा दन्तकाली एफएमका समाचार प्रमुख तिर्थ कार्किले ‘रेड ब्लड स्पेनिया’ (शरिरमा रगत उत्पादन नहुने समस्या)बाट ग्रसित धरान –२० का १४ बर्षिय सबिन राईलाई पाँच हजार रुपैया आर्थिक सहयोग गरेका थिए ।सोही कार्यक्रममा समाजसेवी तथा कार्यक्रमकी बिशेष अतिथी रम्भादेबि कर्मचार्यले चार हजार रुपैया सहयोग गरेकी थिईन । कार्यक्रममा सहिभागि प्रशिक्षार्थीहरुले पनि सबिनलाई उपचार खर्च प्रदान गरेका थिए ।
प्रतिक्षार्थीद्धय मनोज गुप्ता र सत्यनारण यादबले नगद दुई हजार,नर बहादुृर बस्नेतले पाँच सय रुपैया,बद्रि बुढाथोकीले पाँच सय रुपैया,र जेनिसा राईले एक हजार रुपैया सहयोग गरेकी थिईन । सोही कार्यक्रममा अतिथी रहेका गणतन्त्र एफएमका प्रबन्ध निर्देशन डेबिट बस्नेतले एक हजार पचास रुपैया,गायक भक्तिराज राईले पन्ध्रसय रुपैया सहयोग गरेका थिए । सहयोग रकम सेवक अभियानका अभियान्ता निश्चल पलिखे ,द बेगन क्लबका निर्देशक मनोज राइ को रोहबरमा पिडित बालकलाई प्रदान गरिएको थियो । पिडित बालकको उपचारका लािग कार्यक्रमका प्रमुख अतिथी तथा एन प्याबसन सुनसरीका अध्यक्ष गणेश राईले पनि १२हजार रुपैया सहयोग गर्ने बताएका छन् । तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरुले गायन तथा नृत्यपनि प्रस्तुत गरेका थिए । हाम्रो कोशी आवाज साप्ताहिकका प्रबन्ध निर्देशक तथा युएन कलेजका प्राचार्य डम्बरकुमार तुम्बापोको अध्यक्षतामा सम्मपन्न भएको थियो ।