काँकडभिट्टा (झापा)/झापा मेचीनगर –१ धुलाबारीस्थित नन्दा खोला नदी नजिकै एक व्यक्तिको हत्या भएको छ । पहिचान खुल्न नसकेका एक व्यक्तिको मङ्गलबार राति ११ बजे सवारीसाधनमा प्रयोग गरिने फलामको पत्तीले अनुहार र घाँटीमा प्रहार गरेर हत्या भएको हो । मादक पदार्थ सेवन गरेका दुई जनाबीच सुरु भएको विवादका क्रममा ती व्यक्तिको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । भद्रपुर–१ स्थित चन्द्रगढीका ३६ वर्षीय रिजन भनिने नेत्र गिरीलाई हत्यामा संलग्न भएको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक केदार खड्काले जानकारी दिए । -रासस