सुरुङ्गा (झापा)/झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ । नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको गएराति साढे ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । हत्यामा संलग्न गिरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । -रासस