इलाम/प्रहरीले इलामको पशुपतिनगरबाट भन्सार छलेको मोटरपार्टस्सहित मङ्गलबार बिहान पिकअप गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बिहान १ बजे सूर्योदय नगरपालिका–१० बाट मे. १ ज १२६२ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको अवस्थामा एक लाख तीन हजार मूल्य बराबरको मोटरपार्टस् बरामद गरेको थियो ।
बरामद सामानहरुमा गाडीको स्टेरिङ कभर, फ्युल ट्याङ्की लगायतका ८३ वटा आइटम छन् । बरामद सामानसहित मानिस र गाडी मङ्गलबारनै पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।